काठमाडौं– क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सवको अवसरमा देशभरका गिर्जाघरमा क्रिसमस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो ।
काठमाडौं– निलम्बित अवस्थामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले महाभियोग सिफारिस समितिमा रहेका ५ जना सांसद र महाभियोग प्रस्ताव दर्ता गराउने १५७ जना सांसदहरुबाट निष्पक्ष न्याय सम्पादन हुने विषयमा शंका व्यक्त गरेका छन् ।
काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै बक्तव्य जारी गरेका छन्। बुधबार बक्तव्य जारी गर्दै नेपाली जनताको आस्था नढलेकाले जनताहरु जाग्नुपर्ने बताएका छन्। उनले देशभक्तिको भावना नढलेको उल्लेख गर्दै
काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा जगतबहादुर बराम निर्वाचित भएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी, नयाँ शक्ति पार्टीको संयुक्त प्यानलका उम्मेदवार बरामले नेकपा एमाले निकट सूर्यबहादुर भूजेललाई पराजित गर्दै निर्वाचित भएका हुन्।
काठमाडौं– स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुलाई परिपत्र जारी गर्दै आचरणको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रालयले स्वास्थ्य सेवा ऐन, २०५३ को परिच्छेद ८ दफा (५२(६७) मा उल्लेख भएअनुसारको आचरणसम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो।
बुटवल– नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालका रुपन्देही जिल्ला कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्या प्रकरणलाई लिएर बुटवल र भैरहवामा आन्दोलन चर्काइएको छ । युवा संघले हत्या विशुद्ध राजनीतिक हिसावले भएको दावी गर्दै हत्याको निस्पक्ष छानविन गरी दोषीलाई कारबाही नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएको छ ।
काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव परिमार्जन नगर्ने बताएपछि कांग्रेस, माओवादी केन्द्र र मोर्चाका नेताहरूबीच बालुवाटारमा चर्काचर्की भएको थियो। संघीय प्रदेशको सीमांकन र नागरिकताका विषयमा थप परिमार्जन खोज्दै मोर्चाका नेताहरूले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई स्वीकार गरेका छैनन्।
काठमाडौ- जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले व्यवस्थित समाजका लागि पत्रकारिता जगत मर्यादित र जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । काठमाडौंको जया बहुमुखी क्याम्पसमा सकरात्मक विकास सञ्चार केन्द्र र प्रगतिशील महिला समाजले आयोजना गरेको निःशुल्क पत्रकारिता तथा उद्घोषण तालिमको शुभारम्भ गर्दै मन्त्री जोशीले पत्रकारको व्यावसायिकतामा जोड दिएका हुन् ।
काठमाडौं- २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्प र त्यसपछिका परकम्पका कारण भत्किएका भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि सरकारी तवरबाट भए गरिएका कामले गति लिन नसकिरहेका बेला सामाजिक संघ संस्थाहरुले गरेको काम सह्रानीय छ ।
भक्तपुर, ३ पुस । मुलुकमा क्षयरोगको अवस्था, मर्ने र स्वस्थ व्यक्तिमा सर्ने दर, निको भएकाहरुको अवस्था लगायतका बारेमा हरेक १०÷१० वर्षमा गर्नुपर्ने क्षयरोग प्रारम्भिक सर्वेक्षण (प्रिभिलेन्स सर्भे) को लागि भनेर राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले खरिद गरेको करोडौं रुपैयाँ पर्ने गाडीमा खिया लाग्न थालेको छ भने सर्भेकै लागि भनेर खरीद गरिएको करोडौ रुपैंयाको नयाँ एक्सरे मेशिनमा मुसाले खोर बनाएको छ ।