समाचार

पूर्व राजा ज्ञानेन्द्रको बक्तव्यः ‘राष्ट्र बचाउन जनता जाग्नुपर्छ’

काठमाडौं–  पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै बक्तव्य जारी गरेका छन्। बुधबार बक्तव्य जारी गर्दै नेपाली जनताको आस्था नढलेकाले जनताहरु जाग्नुपर्ने बताएका छन्।
उनले देशभक्तिको भावना नढलेको उल्लेख गर्दै सबै नेपाली राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सुम्पेको गहन जिम्मेवारी पूरा गर्न जनतालाई जाग्न आग्रह गरेका छन्। उनले वक्तव्यमा लेखेका छन् ः ‘राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउनु परेको छ। हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको  रक्षा गरौं ! समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन।’ देशको अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन प्रमुख र प्रखर रुपले जाग्नै पर्ने उल्लेख गरेका छन्।