समाचार

योजना अनुरुप काम भएन, भूकम्प पीडितलाई सास्ती

काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिले मङ्सिर १५ गतेभित्र नै काठमाडौँ उपत्यकाका तीन जिल्लाका भूकम्पपीडितसँग अनुदान सम्झौता गरिसक्ने लक्ष्यसहितको कार्ययोजना सार्वजनिक गरे पनि उक्त योजनाअनुसार काम हुन सकेको छै । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहनुभएको निर्देशक समितिको बैठकले मङ्सिर १५ गतेभित्रै उपत्यकाका भूकम्पपीडितसँग सम्झौता सक्ने निर्णय गरे पनि हालसम्म ६२ प्रतिशत लाभग्राहीसँग मात्र सम्झौता हुन सकेको छ । काठमाडौँँ जिल्लामा रहेका साढे ४२ हजार लाभाग्राहीमध्ये ३१ हजार नौ सयसँग मात्र सम्झौता भएको छ भने १० हजार ८३२ जनाको गुनासो दर्ता भएको छ । काठमाडौँका स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारीले भने लक्ष्यअनुसार कार्य भएको दाबी गरे ।
२१ मंसिर २०७३ ।