समाचार

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने

काठमाडौं– मन्त्रिपरिषद्को बैठकले हालसम्म प्राप्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सरकार गठन भएको ४ महिनापछि विवरण बुझाउने मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनीक गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले भूकम्पपछि पुननिर्माणका लागि चीन सरकारबाट प्राप्त एक अर्ब युयान अर्थात १५ अर्ब ८० करोड रुपैयाँ अनुदान अनुमोदन गर्ने निर्णय गरेको छ ।  निर्वाचन कसुरसम्बन्धी विधेयक संसदमा दर्ता गराउने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ । स्थानीय निकायसम्बन्धी विधेयक यसअघि नै संसदमा दर्ता गरिसकेको थियो । त्यस्तै डा. सुरोज पोखरेलाई नेपाल सरकारको सचिवमा बढुवा गर्ने निर्णयसमेत गरको छ ।