समाचार

पुष्पा बनिन् 'सिएनएन सुपर हिरो'

काठमाडौं–  नेपाली समाजसेवी पुष्पा बस्नेतले सिएनएन सुपर हिरोको उपाधि हात पारेकी छन् । यसअघि सीएनएन हिरो घोषित भई सिएनएन सुपर हिरोका लागि मनोनयनमा परेका पाँच जनालाई पछि पार्दै उनले यो उपाधि हात पारेकी हुन् ।
अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको १० वर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड आयोजना गरेको हो । सोमबार भएको अवार्ड घोषणा कार्यक्रममा उपाधिसँगै पुष्पालाई ५० हजार अमेरिकी डलर नगद पुरस्कार समेत प्रदान गरिएको छ ।
फेसबुक र ट्वीटरमार्फत भएको भोटिङका आधारमा सुपर हिरो छनोट गरिएको सिएनएनले जनाएको छ। अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको १० वर्ष पुगेको अवसरमा सुपर हिरो अवार्ड आयोजना गरेको हो। 
प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्दैै आएकी पुष्पा सन २०१२ मा सीएनएन हिरो घोषित भएकी थिइन् उक्त समयमा पनि उनले ५० हजार  डलर पुरस्कार प्राप्त गरेकी थिइन्। उक्त रकमको लगानीमा उनले उनले बुढानिलकण्ठ नजिकै बालबालिकाका लागि ‘पुतली घर‘ निर्माण गरेकी छन् ।