समाचार

काठमाडाैं सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः शाक्य निर्वाचित

काठमाडौं– काठमाडौँ सुनचाँदी व्यवसायी संघको चौधौं साधारणसभा तथा पाँचौं अधिवेशनले अध्यक्षमा पुनः महेन्द्र रत्न शाक्यलाई चयन गरेको छ । नवनिर्बाचित कार्यसमितिको अध्यक्षमा – महेन्द्र रत्न शाक्य ,उपाध्यक्षमा–सुरेश मान शाक्य, सचिवमा–प्रकाश चन्द्र शाक्य, सह–सचिवमा मुक्ति रत्न बज्राचार्य, कोषाध्यक्षमा मदन काजी शाक्य र सह–कोषाध्यक्षमा रोहिणादेवी शाक्य रहेका छन् । त्यस्तै, काठमाडौँ सुनचाँदी व्यवसायी संघको कार्यसमिति सदस्यहरुमा कविर बज्राचार्य ,संघरत्न शाक्य , दसरत्न बज्राचार्य, प्रकाश राज श्रेष्ठ ,पूर्णीरत्न बज्राचार्य, देवसुन्दर बज्राचार्य ,सुरेन्द्र काजी शाक्य, प्रनिल स्थापित र लेखरत्न शाक्य रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष शाक्यले सुनचाँदीको निर्यात सम्बन्धी स्पष्ट नीति नबन्दा नेपालीहरुले धेरै दुःख कष्ट भोग्नुपरेको हुँदा नियम कानुन चाडै बनाउनुपर्ने बताए । उनले छिट्टै निर्यात सम्बन्धी नियम–कानुन बनाई विद्यमान समस्याको हल गर्न सरकारले तदारुकता देखाउनुपर्ने जिकिर गरे ।  व्यवस्थापिका संसदमा विचाराधीन अवस्थामा रहेको औद्योगिक व्यवसाय ऐनलाई यथाशीघ्र कानून बनाई प्रमुख निर्यातजन्य वस्तुहरुको सहुलियत प्रदान गरी संचालन गर्ने वातवरण मिलाउन समेत आग्रह गरे ।
कार्यक्रममा अध्यक्ष शाक्यले नेपालको हालको अर्थतन्त्रमा सुनमा लगाएको कोटा र नियन्त्रित बजारबाट ब्यबसायीहरुले ठूलो पीडा, अपमान र तिरस्कारको सामना गरिरहेकाले नेपाल सरकारबाट छिटो भन्दा छिटो नियन्त्रित बजारको व्यवस्था हटाउदै निर्यातमुखी औद्योगिक वातावरण निर्माण गर्न पनि माग गरेका थिए ।

नेपालको सुनचाँदी बजारमा प्रत्येक्ष र अप्रत्यक्ष रुपमा करिब २२ हजार व्यवसायीहरुले व्यवसाय संचालन गरि आएका छन् । जस अन्तर्गत झन्डै १लाख २० हजार मजदुहरुले काम गरिरहेको संघले जनाएको छ। सुनचाँदी व्यवसायबाट मुलुकको वार्षिक राजस्व, कर, सेवा शुल्क र अन्य शुल्क गरी करिब आठ अर्बको राजश्व संकलन हुने गरेको र समग्र बजारको आन्तरिक वर्षिक कारोबार झन्डै एक खर्बभन्दा माथि रहेको संघको दाबी छ ।

उद्योगमन्त्री नविन्द्र राज जोशीले साधारणसभाको उद्घाटन गर्दै सुन–चाँदी व्यवसायमा देखिएका समस्या हल गर्न आफू तम्तयार रहेको बताए । उनले विचारधीन अवस्थामा रहेको ऐनले पनि चाडै मूर्तरुप पाउने आश्वासन दिए । कार्यक्रममा उद्योग सचिव शंकरप्रसाद कोइराला, रमेश महर्जन, तेज रत्न शाक्य, मणिक रत्न शाक्य, सांसदहरू रामवीर मानन्धर, राज्यलक्ष्मी शाक्य र प्रभा बज्राचार्यको विशेष उपस्थिति रहेको थियो ।