समाचार

उपत्यकामा पेट्रोलको चरम अभाव

काठमाडौं–नियमित भन्दा दोब्बर आपूर्ति गरिरहँदा पनि राजधानीमा इन्धन अभाव देखिएको छ । ट्याङकर चालक र ढुवानी व्यवसायीले स्वार्थ प्रेरित माग पुरा गराउन दवाव दिने उदेश्यले हडताल गर्दा राजधानीका उपभोक्ताले सहज रुपमा इन्धन पाउन नसकेका हुन् ।
टयाङकर ढुवानी व्यवसायीले दबाबस्वरुप शुक्रबार इन्धन लोड नगरेका कारण बजारमा उपभोक्ताको लाइन देखिएको छ । ढुवानीकर्ताले अनावश्यक विवाद निकाल्दा पनि सरकार भने आझै रमिते मात्रै भइरहेको छ ।
निगमले आइतबार, सोमबार र मंगलबार नियमित आपूर्तिभन्दा दोब्बर पेट्रोल आपूर्ति गरेको बताएको छ । तर पनि राजधानीमा इन्धन अभावले पम्पमा उपभोक्ताको लाइन लामो छ । बुधबार पनि इन्धनको सहज आपूर्ति भएको र ८ सय किलोलिटर भन्दा बढी खपत हुनसक्ने आंकलन गरिएको थियो ।