समाचार

म्यादी प्रहरीका लागि आवेदन खुल्यो, मापदण्ड के ?

काठमाडौं-  गृह मन्त्रालयलय स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि भन्दै ७५ हजार म्यादी भर्ना गर्ने भएको छ। नेपाल प्रहरीले बिहीबार सूचना जारी गर्दै ७५ हजार म्यादी प्रहरीको लागि आवेदन मागेको हो।
सूचना अनुसार १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका व्यक्तिले म्यादी प्रहरीको लागि आवेदन दिनसक्नेछन्। प्रत्येक जिल्ला इच्छुक उम्मेद्वारले जिल्ला प्रहरी कार्यालयमा आवेदन दिने व्यवस्था मिलाएको छ।
स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि ५५ दिनको रहेको छ। म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाईपाई आएको तलब तथा भत्ता बराबरको रकम पाउने छन।
नेपाल प्रहरीका जवानले हाल ग्रेडसहित मासिक २१ हजार ८ सय २२ रुपैयाँ तलब पाउने गर्छन्। तर म्यादी प्रहरीले भने ग्रेड पाउँदैनन्। त्यसैले उनीहरुले प्रहरी जवानको तलब स्केल सरह मासिक १७ हजार २ सय ३० रुपैयाँ मात्रै पाउने छन्।
तराईका जिल्लामा दिनको १९७ रुपैयाँ रासन वापत पाउँछन्। अन्य जिल्लामा भने ठाउँ अनुसार फरक फरक रकम पाउने प्रहरीले जनाएको छ। सूचनामा चैत १७ गतेसम्म आवेदन फारम भर्न पाउने छन्।