समाचार

मनोहरामा मृत शिशु फेला

काठमाण्डौ,  बैशाख । कोटेश्वरको फुलबारीमार्ग, झोलुंगे पुलमुनी मनोहरा खोलामा पानीमाथि वगिरहेको अवस्थामा प्रहरीले मृत नवजात शिशु (छोरी) फेला पारेको छ ।  अनैतिक सम्वन्धबाट गर्भधारण गरी नौ महिना समय पुगेर परिपक्व अवस्थामा जन्माएर जीवित या मारेर मनोहरा खोलामा शव फ्याँकेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।  मृतक शिशुको पोष्टमार्टमको लागि त्रिविवि शिक्षण अस्पतालमा पठाइएको र मृतक शिशु र उनलाई जन्माएर फ्याँकने आमाको बारेमा सोधखोज र अनुसन्धान भईराखेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।