समाचार

‘मलाई मेयर भन्दा ऊर्जाको जिम्मेबारी ठूलो’

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव नउठ्ने स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रले उनलाई काठमाडौं महानगरमा मेयर पदमा उमेदवारी बनाउने चर्चा चलेपछि उनले आफू मेयर पदमा नउठ्ने स्पष्ट पारेका हुन् । 
उनले फेसबुक स्टाटसमा भनेका छन्–“मेरा लागि मेयरको भन्दा ऊर्जा क्षेत्रको जिम्मेबारी ठुलो हुनेछ म कतै विचलित हुने छैन ।”
उनले आफनो अनुभव र ज्ञान लामो समय ऊर्जा क्षेत्रमा भएकाले राजनीतिमा नआउने स्पष्ट पारेका हुन् ।  गत तिहारदेखि मुलुकलाई लोडसेडिङमुक्त बनाएपछि चर्चित बनेका घिसिङलाई पछिल्लो समयमा काठमाडौं महानगरको मेयर उठ्ने हल्ला चलाइएको छ ।