समाचार

नेपाल–चीन संयुक्त सैन्य तालिम

काठमाडौं, बैशाख । नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाको विशेष फौजहरुबिच पहिलोपटक आइतबारदेखि संयुक्त तालिम सुरु भएको छ । महाराजगञ्जस्थित सैनिक ब्यारेकमा सुरु भएको उक्त संयुक्त तालिमलाई ‘सगरमाथा फ्रेन्डशीप–२०१७’ नाम दिइएको छ ।
व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी बिनोदकुमार श्रेष्ठले उक्त संयुक्त सैन्य तालिमको शुभारम्भ गर्दै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिच हुने यो तालिमले दुवै देशका सेनाको व्यावसायिकता अभिवृद्धि हुने बताउनुभयो ।
चिनियाँ जनमुक्ति सेनाकातर्फबाट कर्णेल याङ सुमेङले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिचको महत्वपूर्ण पारस्परिक ऐतिहासिक सम्बन्धबारे उल्लेख गर्दै भन्नुभयो, ‘यस प्रकारको संयुक्त सैन्य तालिमबाट प्रतिआतङ्कवाद कारबाहीको क्षमतामा अभिवृद्धि हुने र दुई देशको आपसी सम्बन्ध अरु मजबुत हुनेछ ।’