समाचार

आर्थिक वृद्धि उच्च हुनु सुखद्

काठमाडौं, बैशाख । बर्षौपछि मुलुकको आर्थिक बृद्धिदर उच्च बनाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराको प्रंशसा गरेका छन्।
चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ। सो वृद्धिदर २५ वर्ष यताकै उच्च हो। आव २०५०÷५१ पछि उच्च आर्थिक वृद्धिदर हुन लागेको हो। लोडसेडिङ अन्त्य, सरकारले लिएका आर्थिक नीति एवम् आर्थिक परिचालनका कारण आर्थिक वृद्धिदर उच्च हुन लागेको हो।
आइतबार मन्त्रालयमै पुगेका नवनिर्वाति पदाधिकारीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरासँग भने, ‘बर्षौपछि मुलुकको आर्थिक बृद्धिदर बढाउनुभएको छ। अब लगानी मैत्री वातावरण बनाउनुहोस् । मुलुकले आर्थिक बिकासमा कोल्टे फेर्छ।’
उपप्रधानमन्त्री महराले निजी क्षेत्रलाइ केही बर्ष सम्म प्रोत्साहन गरेर नै मुलुकलाइ समाजवादमा लान सकिन्छ भन्नेमा आफु दृढ रहको बताए। महासंघका अध्यक्ष भवानी राणा, निर्वतमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष चण्डीराज ढकाल, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान सहितको टोलीले भेट गरेको थियो।