न्युयोर्क

  • एकताको सन्देशसहित विश्व आदिवासी दिवस सम्पन्न

    एकताको सन्देशसहित विश्व आदिवासी दिवस सम्पन्न क्यालिफोर्निया । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको क्यानिफोर्निया शाखा र नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्निया युएसए बीच एकता भएको छ । २३ औं आदिवासी दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा दुई संस्थाबीच एकता भएको हो । यसले वर्षौदेखि दुई संस्थाबीचको दुरी अन्य गरेको छ ।

    Read More

  • आदिवासी चलचित्र महोत्सवको तयारी तिब्र

    न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को आयोजनामा हुन लागेको ‘नेपाल आदिवासी चलचित्र महोत्सव, न्यूयोर्क– २०१७’ को तयारी तिब्र बनेको छ । आगामी अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा हुन लागेको महोत्सवमा ३९ चलचित्र दर्ता भएको महोत्सव आयोजक समितिले जारी गरेको बक्तव्यमा उल्लेख छ । ३९ चलचित्र मध्ये ११ चलचित्रहरुको छनौट भएको पनि वक्तव्यमा उल्लेख गरिएको छ । महोत्सवका लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् ।

    Read More

  • नेवाः नखः न्युयोर्कको आयोजनामा चौंथो सामुहिक ईही सम्पन्न

    नेवाः नखः न्युयोर्कको आयोजनामा चौंथो सामुहिक ईही सम्पन्न न्यूयोर्क । नेवाः नखः न्यूयोर्कको आयोजनामा सामुहिक ईही अर्थात् बेलविवाह सम्पन्न भएको छ । नेवाः नखःको आयोजनामा नेपाल संवत ११३७ दिल्लाथ्व गुरु पुन्ही अर्थात् जुलाई ९ आइतबार न्यूयोर्कमा चौथौं सामुहिक ईही (बेलबिबाह) सम्पन्न भएको हो । नेवाः गुभाजु (पुरोहित) श्री समन्तश्री बज्राचार्यले नेवाः बिधिपूर्वक ईही सम्पन्न गराउनु भयो । उहाँलाई गुरूमा पुष्पा बज्राचार्य र नेवाः नखः न्यूयोर्कका कार्यबाहक अध्यक्ष राजा शाक्यले थाकुलि (अध्यक्षता) भै सहयोग गरी पुजा गर्नु भएको थियो ।

    Read More

  • नेपालको पर्यटन प्रवद्र्धन गर्न अमेरिकामा साइकल र्‍याली

     नेपालको पर्यटन प्रवद्र्धन गर्न अमेरिकामा साइकल  र्‍याली न्यूयोर्क– नेपालको पर्यटन प्रवद्र्धनका लागि अमेरिकाको न्यूयोर्कमा ‘राइड फर नेपाल’ नामको विशाल साइकल र्‍याली आयोजना गरिने भएको छ । न्यूयोर्कको लागी नेपाली पर्यटनदूत कार्यलयको आयोजनामा विशाल साइकल र्‍याली आयोजना गरिन लागेको हो ।

    Read More

  • न्यूयोर्कमा राष्ट्रपतिको कार्यकारी आदेश सम्बन्धि सम्प्रेषणको अन्तरक्रिया

    न्यूयोर्कमा राष्ट्रपतिको कार्यकारी आदेश सम्बन्धि सम्प्रेषणको अन्तरक्रिया न्युयोर्क । अमेरिको न्यूयोर्कमा आप्रवासी सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । आप्रवासी नेपालीहरुको मुद्दा र सरोकारको विषयहरुमा सूचना तथा संचारमार्फत सामुदायिक सशक्तिकरणका लागि बहस गर्दै आएको टेलिभिजन कार्यक्रम सम्प्रेषणले अप्रिल २९ तारिखमा न्यूयोर्कको ज्याक्सन हाईट्समा कार्यक्रम सम्पन्न गरेको हो । सम्प्रेषणले विगत पाँच वर्षदेखि यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ‘आप्रवासनमा राष्ट्रपतिको नयाँ कार्यकारी आदेशले कस्तो असर पार्न सक्ला तपाईको आप्रवासी जीवनमा ?’

    Read More

  • अमेरिकामा नेपाली नयाँ वर्ष धुमधामसाथ मनाइँयो

    अमेरिकामा नेपाली नयाँ वर्ष धुमधामसाथ मनाइँयो न्यूयोर्क । नेपाली नयाँ वर्ष २०७४ सालको अवसरमा अमेरिकामा रहेका नेपालीहरुले पनि एक आपसमा शुभकामना आदनप्रदान गरी भव्यरुपमा मनाएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरको आयोजनामा न्युयोर्क ज्याक्सन हाईट्सस्थित याक रेष्टुरेन्टमा नयाँबर्षको विशेष कार्यक्रम आयोजना गरिएको हो ।

    Read More

  • सम्प्रेषणको आयोजनामा न्यूयोर्कमा इमिग्रेसन बहस हुँदै

    सम्प्रेषणको आयोजनामा न्यूयोर्कमा इमिग्रेसन बहस हुँदै न्यूयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमन सम्बन्धी जारी गरेको कार्यकारी आदेशले आम आप्रवासीहरुमा भ्रम, त्रास र कौतुहलता अझै कायमै छ । त्यसमा पनि नेपाली समुदायभित्र यो विषयको उत्सुकता बढिरहेको छ । यसै परिप्रेक्षमा सम्प्रेषणले न्यूयोर्कमा इमिग्रेसन बहस गर्ने भएको छ । कुईन्स लाईब्रेरीसंगको सहकार्यमा गर्न लागिएको उक्त सामुदायिक बहस तथा अन्तरक्रियामा न्यूयोर्कका कानुन व्यवसायी विनोद रोक्का र रमेश श्रेष्ठ प्रमुख बक्ताको रुपमा उपस्थित हुने भएका छन् ।

    Read More

  • अमेरिकामा विद्युतिय उपकरण लैजान बन्देज

    अमेरिकामा विद्युतिय उपकरण लैजान बन्देज अमेरिका– अमेरिकाले मुसलमानबहुल ८ मुलुकका विमानस्थलबाट अमेरिका प्रवेश गर्ने मानिसलाइ विद्युतीय उपकरण लैजान प्रतिबन्ध लगाएकउने भएको छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटीले टर्की, जोर्डन, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, मोरक्को, इजिप्ट र कुवेतका विमानस्थलबाट अमेरिका प्रवेश गर्ने यात्रीलाइ विद्युतीय उपकरण बोक्न प्रतिबन्धको घोषणा गर्ने बताइएको छ ।

    Read More

  • न्यूयोर्कमा होलीः रंग विना नै सम्पन्न भयो औपचारिक कार्यक्रम

    न्यूयोर्कमा होलीः रंग विना नै सम्पन्न भयो औपचारिक कार्यक्रम न्यूयोर्क । मधेशी एशोसियसन इन अमेरिकाको आयोजनामा न्यूयोर्कमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ । न्यूयोर्कको क्वीन्समा आओजना गरिएको होली विशेष कार्यक्रम यस पटक भने फरक रुपमा मनाईएको थियो । सप्तरीमा प्रहरीको गोलीबाट ५ जनाको मृत्यू भएपछि अहिले सिंगो देश शोकमा छ ।

    Read More

  • एनआरएनए अमेरिकाको चुनावी सरगर्मी

    एनआरएनए अमेरिकाको चुनावी सरगर्मी एनआरएन अमेरिका अर्थात गैरआवासीय नेपाली संघ अमेरिकाको आगामी मे महिना महिनाको २०÷२१ तारिखमा हुने नयाँ कार्यसमितिको निर्वाचनमा केन्द्रीय अध्यक्ष पदका लागि १० जना उम्मेद्वार हुने चर्चामा आएका छन् । आआफ्नो उम्मेद्वारी घोषणा गरेका र चर्चामा रहेकाहरुमा

    Read More