न्युयोर्क

नेपालको पर्यटन प्रवद्र्धन गर्न अमेरिकामा साइकल र्‍याली

न्यूयोर्क– नेपालको पर्यटन प्रवद्र्धनका लागि अमेरिकाको न्यूयोर्कमा ‘राइड फर नेपाल’ नामको विशाल साइकल  र्‍याली आयोजना गरिने भएको छ । न्यूयोर्कको लागी नेपाली पर्यटनदूत कार्यलयको आयोजनामा विशाल साइकल र्‍याली आयोजना गरिन लागेको हो । नेपालको मौलिक संस्कृति झल्किने, ऐतिहासिक, पुरातात्विक तथा धार्मिक सम्पदाको प्रवद्र्धन हुने गरी व्यानर सहितका  र्‍याली निकालिनेछ । साइकल  र्‍याली न्यूयोर्कको म्यानह्याटनको विभिन्न स्ट्रिट हुँदै टाइम्स स्क्वायरमा पुगेर समापन हुने आयोजकले जानकारी दिएको छ ।
 र्‍यालीको लागी अनुमति प्रकृया अन्तिम चरणमा पुगेको न्यूयोर्कका लागि अवैतनिक पर्यटनदूत प्रदीप श्रेष्ठले जानकारी दिनुभयो ।उनले भन्नुभयो– ‘साइकलका लागि सिटी व्यांक र सडकका लागि सरकारी निकायसँग अनुमतिको प्रतिक्रिया अघि बढेको छ ।’ अमेरिकी समुदायमा मात्रै नभएर विश्वसामु नै नेपालको प्रचार गर्न यो उत्तम उपाय भएको हुँदा साइकल ¥यालीको आयोजना गर्न लागिएको श्रेष्ठले बताए ।
आगामी जुनको अन्तिम साता आयोजना गरिने साइकल ¥यालीमा न्यूयोर्कका विभिन्न ३ वटा अमेरिकन साइकल राइडरर्स क्लवहरुको पनि सहभागीता रहने जानकारी दिइएको छ ।
नेपाली महाबाणिज्य दूतावास र अवैतनिक पर्यटनदूतद्वारा गत आइतबार न्यूयोर्कको ज्याक्सन हाइटमा संयूक्तरुपमा गत आइतबार आयोजना गरिएको ‘नेपालको पर्यटन प्रवद्र्धनमा न्यूयोर्कका नेपाली संस्थाहरुको भूमिका’विषयक अन्तरक्रिया सो विषयमा जानकारी दिइएको हो ।
कार्यक्रममा महाबाणिज्यदूत पुष्पराज भट्टराइले नेपाल र अन्य मुलुकको  पर्यटन पुर्वाधारको तुलनात्मक अध्यायन प्रस्तुत गर्नुभएको थियो । नेपाली कन्सुलर कृष्णकुमार सुवेदीले नेपालको अर्थतन्त्रको मेरुदण्ड रहेको पर्यटनलाइ अमेरिकी पर्यटनले दह्रो टेवा दिनसक्ने बताउनुभयो । उहाँले भन्नुभयोः ‘अमेरिकी पर्यटकहरु संसारमै सबैभन्दा धेरै खर्चालु मानिन्छन्, हामीले अहिलेको अवस्थामा नेपालको पर्यटन प्रवद्र्धनका लागि केही ग¥यौं भने पक्कै पनि नेपालमा अमेरिकी पर्यटकको संख्यामा उल्लेख्य बृद्धि हुनेछ ।’

नेपाली समुदायका अगुवाहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पर्यटनदूत श्रेष्ठले नेपाली महाबाणिज्य दूतावास न्यूयोर्कको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागी नौँ बुँदे कार्ययोजना सार्वजनिक गर्नुभएको थियो । नेपाली विद्यार्थी अध्यायन गर्ने विद्यालय तथा कलेजहरुमा नेपाल चिनाउने विभिन्न पोस्टर पम्प्लेटहरु वितरण गर्ने र संस्कृतिक कार्यक्रम गर्ने, न्यूयोर्कका ट्याक्सीहरुमा भिजिट नेपालको स्टिकर टास्न पहल गर्ने लगायतका कार्यक्रमहरु कार्ययोजनामा समेटिएका छन् ।
त्यसैगरी, अमेरिकी मुलधारका पत्रकारहरुलाई नेपाल भ्रमणमा लागि विभिन्न प्रचारात्मक सामग्री प्रकाशन, प्रशारणको लागि पहल गर्ने, गैरआवासीय नेपालीसँगको समन्वयमा अतिथि देवो भवः कार्यक्रमलाई अभियानको रुपमा विकास गर्ने तथा अमेरिकी सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गर्ने सडक महोत्सव तथा फुड फेस्टिवलहरुमा सहभागिता जनाउने कार्यक्रम कार्ययोजनामा समेटिएका छन् ।
कार्ययोजनामा प्राध्यापक डा. तारा निरौला, आरोहि एवं पर्यटन व्यवसायी अप्पा शेर्पा, पासागं शेर्पा राजनीतिकर्मी संजय थापा र टेक गुरुङ, अच्युत सिग्देल, प्रमोद सिटौला, अमित शाह, रामहरि अधिकारी र पत्रकारहरु दिनेशजंग शाह, आंगछिरिगं शेर्पा, संजोग आचार्य, अनुज थापा, शैलेश श्रेष्ठ लगायतले टिप्पणी गर्नुभएको थियो ।