न्युयोर्क

न्यूयोर्कमा नेपाली लायन्स क्लवको समन्वयमा आँखा परिक्षण

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क क्वीन्समा रहेको नेप्लिज लायन्स क्लवको समन्वय एवं आयोजनामा निःशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिकालाई लक्षित उक्त आँखा परिक्षण कार्यक्रममा करिव ४० जना बालकालिका सहभागि भएका थिए ।

अप्रिल २० तारिख शनिबारका दिन सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व क्लवका अध्यक्ष पुरुषोत्तम पन्थीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन रुपा भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष पन्थीले सहभागिहरुलाई धन्यवाद दिंदै थप सहयोगका लागि आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट २० के वानबाट पूर्व डिष्ट्रिक्ट गभर्नरहरू लगाएत अन्य लायन्स क्लवका पदाधिकारीहरूको पनि सहभागीता रहेको थियो ।

यहि क्लवको सक्रियतामा कोरोना स्थित लेफ्राकसिटीमा रहेको क्वीन लाईब्रेरीमा साप्ताहिक रुपमा नेपाली भाषा कक्षाको सञ्चालन गरेको छ । उक्त भाषा कक्षामा ५० जना नेपाली एवं नेपाली मुलका बालकालिकाहरुको सहभागिता रहेको अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।