न्युयोर्क

सम्प्रेषणको आयोजनामा न्यूयोर्कमा इमिग्रेसन बहस हुँदै

न्यूयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमन सम्बन्धी जारी गरेको कार्यकारी आदेशले आम आप्रवासीहरुमा भ्रम, त्रास र कौतुहलता अझै कायमै छ । त्यसमा पनि नेपाली समुदायभित्र यो विषयको उत्सुकता बढिरहेको छ । यसै परिप्रेक्षमा सम्प्रेषणले न्यूयोर्कमा इमिग्रेसन बहस गर्ने भएको छ । 

कुईन्स लाईब्रेरीसंगको सहकार्यमा गर्न लागिएको उक्त सामुदायिक बहस तथा अन्तरक्रियामा न्यूयोर्कका कानुन व्यवसायी विनोद रोक्का र रमेश श्रेष्ठ प्रमुख बक्ताको रुपमा उपस्थित हुने भएका छन् । 
यहि अप्रिल २९ तारिख शनिबार दिउँसो २ बजे हुने अन्तरक्रिया कार्यक्रममा उपस्थिति हुन नेपाली एवं नेपाली भाषी समुदायलाई आव्हान गरिएको छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको अन्तरक्रियामा इमिग्रेसन सम्बन्धि जिज्ञासाहरु राख्न सकिनेछ । सम्प्रेषणले नेपाली समुदायसँग सरोकार राख्ने विभिन्न विषयहरुमा सामुदायिक बहस गर्दै आएको छ ।