न्युयोर्क

एकताको सन्देशसहित विश्व आदिवासी दिवस सम्पन्न

क्यालिफोर्निया ।  नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको क्यानिफोर्निया शाखा र नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्निया युएसए बीच एकता भएको छ । २३ औं आदिवासी दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा दुई संस्थाबीच एकता भएको हो । यसले वर्षौदेखि दुई संस्थाबीचको दुरी अन्य गरेको छ । 

एकता महाधिवेशनले देव राईको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेको छ । आगामी दिनमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको क्यालिफोर्निया शाखाको रुपमा संस्था अघि बढ्ने भएको छ । महाधिवेशनले उपाध्यक्ष प्रेम लामा, महासचिबमा गम्बु शेर्पा, सचिबमा सुरज पाख्रिन, कोषाध्यक्षमा बुद्ध महर्जनलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा भुवन थापा मगर, राजेन्द्र श्रेष्ठ, नवाङ शेर्पा, दिपकमान प्रधान, बबित गुरुङ र गोमा लिम्बु चयन भएका छन् । 

कार्यक्रलाई सम्बोधन गर्दै सम्मेलनका प्रमुख अतिथि एवं महासंघका केन्द्रीय अध्यक्ष लुईसाङ वाईवा तामाङले महासंघको वर्तमान अवस्था, महत्व तथा आगामी दिनहरुमा यसले नेपाल र नेपालीहरुको विकासमा खेल्नु पर्ने भूमिकाको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकानमना पनि व्यक्त गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथि गोपाल खड्की, न्यान्सका अध्यक्ष रबिन्द्र राई, जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय उपाध्यक्ष धनञ्जय नरसिङ केसी, नेवाः समाजका पूर्व अध्यक्ष नारायण सोम्नामे, शेर्पा एशोशियसनका अध्यक्ष आङ छिरिङ शेर्पा, जनसम्पर्क समिति क्यालिफोर्नियाका अध्यक्ष पूर्ण शेर्पा, निर्वाचन प्रमुख डेकेन्द्र मास्के, सामाजिक अगुवा विद्या सागर योञ्जन, सुरेन्द्र मल्ल तथा पूर्व संयोजक रोशन सुब्बा लिबाङले शुभकामना व्यक्त गर्नु भएको थियो । 

क्यालिफोर्निया राज्यको अलामेदा शहर स्थित वाशिंगटन पार्कमा भएको कार्यक्रमको संयोजन लाक्पा देण्डी शेर्पाले गर्नु भएको थियो भने किलन राईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।  त्यस्तै कार्यक्रमको अध्यक्षता रेशम तामाङले गर्नु भएको थियो ।