न्युयोर्क

अमेरिकामा नेपाली नयाँ वर्ष धुमधामसाथ मनाइँयो

न्यूयोर्क । नेपाली नयाँ वर्ष २०७४ सालको अवसरमा अमेरिकामा रहेका नेपालीहरुले पनि एक आपसमा शुभकामना आदनप्रदान गरी भव्यरुपमा मनाएका छन् ।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरको आयोजनामा न्युयोर्क ज्याक्सन हाईट्सस्थित याक रेष्टुरेन्टमा नयाँबर्षको विशेष कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा अमेरिकामा रहेका नेपाली साहित्यप्रेमीलगायतको बाक्लो उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्ण साहित्यप्रेमी तथा सर्जकहरुले एकआपसमा शुभकामना आदनप्रदान गर्दै हर्ष र उल्लासका नयाँ वर्ष मनाए ।  प्रमुख अतिथिलगायतबाट पानसमा द्वीप प्रज्वलन गर्दै कार्यक्रमको शुरुवात गरिएको थियो । 

त्यस्तै, कार्यक्रमको सुरुवातीमा अनेसासको न्युयोर्क च्याप्टरका केन्द्रीय सदस्य लक्ष्मी श्रेष्ठ लगायतको समूहद्वारा नेपाली राष्ट्रियगान प्रस्तुत गरिएको थियो भने  मिली श्रेष्ठ लगायतको समूहले अमेरिकी राष्ट्रिय गान पनि प्रस्तुत गरेको थियो । 

अनेसास न्युयोर्क च्याप्टरका अधक्ष्य राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण नेपाली कन्सुलेटका महाबाणीज्यदूत पुष्पराज भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा बिशेष अतिथि कबि सुदिप भद्र खनालले छन्दमा अत्यन्तै मीठा मीठा कवतिाहरु बाचन गर्दै त्यहाँको माहोल नै कवितामय बनाउनुभएको थियो । उहाँले छन्द सम्बन्धि ज्ञानका विषयमा पनि जानकारी गराउनुभएको थियो । त्यस्तै, कार्यक्रममा कबि नदिया लिबांग, कबि जानुका वस्ती ढकालले पनि आ–आफ्ना कविता वाचन गर्नुभएको थियो । 

कविता वाचनसँगै सांगीतिक कार्यक्रमको पनि आयोजना भएको थियो । गायिका संगीता चोचोहान र हजुरी शाह कंडेल तथा गायक अभय ढुंगेलले गीत गाएर माहोल तताउनुभएको थियो । 
कार्यक्रम मा डा. राजु अधिकारी, डा. मधु माधुर्य श्रेष्ठ तथा महावाणिज्यदूत पुष्पराज भट्टराईले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन  साहित्यकार तथा अनेसासका महासचिव शकुन ज्ञवालीले गर्नुभएको थियो । 


कार्यक्रमका झलक यस्त थिए –