न्युयोर्क

आदिवासी चलचित्र महोत्सवको तयारी तिब्र

३९ चलचित्र मध्ये ११ चलचित्र छनौट

न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को आयोजनामा हुन लागेको ‘नेपाल आदिवासी चलचित्र महोत्सव, न्यूयोर्क– २०१७’ को तयारी तिब्र बनेको छ । 
आगामी अगष्ट २५ देखि २७ तारिखसम्म न्यूयोर्कमा हुन लागेको महोत्सवमा ३९ चलचित्र दर्ता भएको महोत्सव आयोजक समितिले जारी गरेको बक्तव्यमा उल्लेख छ । ३९ चलचित्र मध्ये ११ चलचित्रहरुको छनौट भएको पनि वक्तव्यमा उल्लेख गरिएको छ । महोत्सवका लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका हुन् । 

महोत्सवका लागि हेलुक्व (लिम्बु), लोम्बा (मगर), कृषा गौतमी (नेवार) मैंरिमो (गुरुङ), सुम्निमा (राई), सेम ताबा म्ही (तामाङ) र शेरडा (मुस्ताङ्ग) नामक ७ वटा लामा चलचित्र छनौट भएका छन् । त्यस्तै फेके (मगुाल), बन्ठी (माझी), कल्ली (नेवार) र लाज (थारु) नामक लघु चलचित्र महोत्सवका लागि छनौट भएका छन् । छनौट भएका ७ लामा चलचित्र मध्येले बिभिन्न १० विधामा प्रतिष्पर्धा हुनेछ । उक्त चलचित्रहरुबाट सर्वाेत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, कथा, छायाँकार, सम्पादक, भेषभुषा, संगीत, निर्देशक र पब्लिक च्वाईसको बिभिन्न विधामा अन्तिम स्पर्धा गराईने आयोजकले जनाएको छ । छनौट भएका ४ लघु चलचित्रको हकमा भने सर्वाेत्कृष्ट शर्ट फिल्म र पब्लिक च्वाईसको लागि मात्र प्रतिष्पर्धा गराईनेछ । 

  • प्रेस विज्ञप्ती

  • मितिः जुलाई २६, २०१७
  • नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) अमेरिकामा सन् २००५ सालमा स्थापना भएको स्वायत्त र मुनाफारहित सामाजिक संस्था हो । अमेरिकामा स्थापना भएका बिभिन्न जातिय संघ÷संस्थाहरु आवद्ध यस संस्थाले अमेरिकाभरी रहेका आदिवासी जनजातिहरुको हकहित र अधिकारको क्षेत्रमा काम गर्दै सामाजिक, सांस्कृतिक एवं आदिवासी जनजातिको मुद्दा र पहिचानका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
  • विश्व आदिवासी दिवसको अवसर पारेर फिप्नाले आगामी अगष्ट २५ देखि २७ तारिख तीन दिनसम्म ‘नेपाल आदिवासी चलचित्र महोत्सव, न्यूयोर्क– २०१७’ आयोजना गर्न लागेको सहर्ष जानकारी गराउँदछौं । आदिवासी जनजातिको भाषा, कला, संस्कृति, परम्परा र सामाजिक रुपान्तरणको विषय समेटेर निर्माण गरिएका चलचित्र, कलाकार र प्राविधिकहरुको अन्तर्राष्ट्रिय प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गर्न लागिएको हो । 
  • महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित रुपमा सञ्चालन र समापन गर्नको लागि मुख्य आयोजक संस्था फिप्ना र मातहतका सम्पूर्ण जातिय संगठनहरु सह–आयोजकको रुपमा रहनेछ । यसैगरी आदिवासी जनजाति चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ (आईफा) महोत्सवको सह–आयोजक र नेपाल चलचित्र विकास बोर्ड र नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क महोत्सवमा बिशेष सहयोगी संस्था रहनेछ ।
  • महोत्सवमा सहभागिताको लागि बिभिन्न जाती र समुदायबाट ३९ वटा चलचित्रहरु दर्ता भएको र ती चलचित्र मध्येबाट आयोजक समिति र निर्णायक समितिले ११ चलचित्रहरुलाई अन्तिम छनौट गरेकोछ । महोत्सवमा दुई चलचित्रहरुको बिशेष प्रर्दशन गरिनेछ ।
  • छनौट भएका चलचित्रहहरुको नाम यसप्रकार रहेकोछ ः
  • १) हेलुक्वा ः लिम्बु
  • २) लोम्बा ः मगर
  • ३) कृषा गौतमी ः नेवार
  • ४) मैंरिमो ः गुरुङ 
  • ५) सुम्निमा ः राई
  • ६) सेम ताबा म्ही ः तामाङ
  • ७) शेरढाक ः मुस्ताङ
  • छनौट भएका लघु चलचित्रहरुः
  • १) फेके ः मुगल
  • २) बन्ठी ः माझी
  • ३) कल्ली ः नेवार 
  • ४) लाज ः थारु
  • महोत्सवमा बिशेष प्रर्दशन गरिने चलचित्रहरुः
  • १) मतान ः राई (उत्कृष्ट आदिवासी राष्ट्रिय पुरस्कार–२०१५)
  • २) कर्म क्या ः गुरुङ (पब्लिक चोईस अवार्ड, आदिवासी जनजाति चलचित्र महोत्सव–२०१७)
  • नोटः छनौटमा परेका सम्पूर्ण चलचित्रहरुको सार्वजानिक प्रर्दशन हुनेछ । 
  •  
  • पुरस्कार एवं सम्मानका शिर्षकहरुः
  • १) उत्कृष्ट चलचित्र ः ट्रफी, नगद १००,००० रुपैया र प्रमाण पत्र 
  • २) उत्कृष्ट अभिनेता ः ट्रफी र प्रमाण पत्र
  • ३) उत्कृष्ट अभिनेत्री ः ट्रफी र प्रमाण पत्र
  • ४) उत्कृष्ट कथा ः ट्रफी र प्रमाण पत्र
  • ५) उत्कृष्ट छाँयाकार ः ट्रफी र प्रमाण पत्र
  • ६) उत्कृष्ट सम्पादक ः ट्रफी र प्रमाण पत्र
  • ७) उत्कृष्ट भेषभुषा ः ट्रफी र प्रमाण पत्र
  • ८) उत्कृष्ट संगीत ः ट्रफी र प्रमाण पत्र
  • ९) उत्कृष्ट शर्ट फिल्म ः ट्रफी र प्रमाण पत्र
  • १०) उत्कृष्ट निर्देशक ः ट्रफी र प्रमाण पत्र
  • ११) पब्लिक चोईस अवार्ड ः ट्रफी र प्रमाण पत्र
  •  
  • मणी बाङ्देल राई
  • संयोजक
  • नेपाल आदिवासी चलचित्र महोत्सव, न्यूयोर्क–२०१७