कला-साहित्य

  • नविन कला मन्दिरको हिरक जयन्ति

    नविन कला मन्दिरको हिरक जयन्ति काठमाडौं । नवीन कला मन्दिरले आफ्नो ६० औं वार्षिकोत्सव तथा हिरक जयन्तिका अवसरमा नेपाली संगीत क्षेत्रका श्रष्टा तथा पत्रकारलाई सम्मान गर्दै भव्य रुपमा मनाएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाच घरमा विशेष कार्यक्रमको आयोजना गरी हिरक जयन्ति मनाएको हो । नविन कला मन्दिरले लामो समयदेखि नेपाली कला संगीतको उत्थान र जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विभिन्न आरोह–अवारोह पार गर्दै कला मन्दिरले नेपाली मौलिक पहिचान, लोक संस्कृृतिलाई जीवन्तता दिने कार्य गर्दै आएको छ ।

    Read More

  • जिउँदो आकाशले उठाएको नवीन विषयवस्तु

    जिउँदो आकाशले उठाएको नवीन विषयवस्तु काठमाडौं । जन्मदा बालक भएर जन्मे पनि समयसँगै बालिकाको स्वभाव लिएर हुर्किएकी गरिमा (न्वानरनको नाम गौरव) को कथा हो यो । पुरुष ज्ञानेन्द्रिययुक्त शरीर भए पनि स्वभाव तथा प्रकृति स्त्रीको छ । तर, समाजले उनको यो नियति बुझ्न सक्दैन । राम्रो दृष्टिकोणमा हेरिँदैन उनलाई । स्कुलमा समेत स्वतन्त्र रूपमा पढ्न पाउने वातावरण मिल्दैन । आफ्नै काका समेत दुश्मन भएर उभिन्छन् । उनले कहिले पिट्छन् त कहिले मानसिक यातना दिन्छन् । उनलाई मन पराउने दिपक पनि एकाएक टाढिन्छन् ।

    Read More

  • यूरोपबाट फर्किएसँगै नेपालमै ‘लप्पन छप्पन’

    यूरोपबाट फर्किएसँगै नेपालमै ‘लप्पन छप्पन’ काठमाडौं । केही दिन अघि युरोपका विभिन्न रमणीय स्थलहरुमा ‘लप्पन छप्पन’ गर्न व्यस्त टोली अब नेपालका विभिन्न स्थानमा ‘लप्पन छप्पन’ गर्न जुट्ने भएको छ । वास्तवमा यो लप्पन छप्पन टोली लुट्दै–ढाँट्दै–लुक्दै हिड्ने टोली नभएर चलचित्र ‘लप्पन छप्पन’ सुटिङमा व्यस्त बनेको टोली हो । टोलीले फिल्मको कथाले मागे अनुसार युरोपको छायांकन सकाएर नेपाल फर्किएको हो । सोही टोलीले अब नेपालका विभिन्न रमणयीय स्थलमा फिल्म छायांकनमा गर्नेछ ।

    Read More

  • ड्रिम्स पाइरेसी प्रकरणः २५ लाखमा कुरा मिल्यो

    ड्रिम्स पाइरेसी प्रकरणः २५ लाखमा कुरा मिल्यो काठमाडौं । अभिनेता भुवन केसीले चलचित्र पाइरेसी भए बापत २५ लाख क्षतिपूर्ति प्राप्त गरेका छन् । चलचित्र ड्रिम्स हाइलाईट्स नेपालका दुई कर्मचारीबाट पाइरेसी भएको कुरा प्रमाणित भएपछि उनले सो क्षतीपुर्ती पाएका हे । ‘ड्रिम्स’ को पाइरेसी भएलगत्तै भुवनले कलाकार संघ, चलचित्र बिकास बोर्ड र प्रहरीमा एक करोडको क्षतीपुर्तीको माग गर्दे उजुरी दिएका थिए । पाइरेसीमा संलग्न ब्यक्ति बिधान गुरुङ र उनैका साथी चन्द्र नागाजुलाई प्रहरी हिरासतमा राखेको छ ।

    Read More

  • हिरो रिटन्र्समा रेखा अनुबन्धित

    हिरो रिटन्र्समा रेखा अनुबन्धित काठमाडौं । नायिका रेखा थापा चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिईन् । हाल त्यही चलचित्रको सिक्वेल नभए पनि सिक्वेल जस्तै देखिने गरि चलचित्र हिरो रिटन्स नामक चलचित्र निर्माण हुने भएको छ । चलचित्र हिरो रिटन्सलाई नायक सविन श्रेष्ठले निर्माण गर्ने भएका हुन् । चलचित्रको निर्माण टिममा भन्ने चलचित्र दमदार निर्माण गरिसकेका निर्माता चन्द्र गौतम पनि सामेल भएका छन् । चलचित्रको मूख्य कलाकारहरु पनि करिब टुंगो लाईसकेको छ ।

    Read More

  • सनीले खोलिन सफल दाम्पत्य जीवनको राज

    सनीले खोलिन सफल दाम्पत्य जीवनको राज मुम्बई । पछिल्लो समय बलिउडमा केही सेलिब्रेटीको सफल दाम्पत्य जीवनको कथा व्यथाले प्राथमिकता पाउन थालेको छ । यसै वर्ष फरहान अख्तर–अधुना भबानी र अरबाज खान–मलाइका अरोरा खानलगायत केही बलिउड सेलिब्रेटीको आपसी सम्बन्ध तोडेपछि सफल दाम्पत्य जीवनका विषयमा चर्चा भएको हो । यसैबीच चर्चित अभिनेत्री सनी लियोनले समेत आफ्नो सफल दाम्पत्य जीवनको विषयमा राज खोलेकी छन् । डेनियल वेबरसँग सन् २००९ जनवरीमा विवाह बन्धनमा बाँधिएकी अभिनेत्री सनी लियोनले भने आफ्नो

    Read More

  • फिल्मी मोहले दिलीप नेपाल फर्किए

    फिल्मी मोहले दिलीप नेपाल फर्किए काठमाडौं । सपरिवार अमेरिका हानिएका अभिनेता दिलीप रायमाझी पुनः नेपाल फर्किएका छन् । फिल्म मोहका कारण उनी नेपाल फर्किएका हुन् । दिलिप रायमाझीको मूख्य भूमिका रहेको एउटा फिल्मको अहिले हेटौंडामा धमाधम छायांकन भइरहेको छ । फिल्म ‘चर्खा’ शुटीङक लागि नै अभिनेता रायमाझी नेपाल फर्किएका हुन् । उनि पनि अहिले चर्खा फिल्मको लागि हेटौडामा ब्यस्त रहेका छन । गायिका बाट नायिका बन्न लागेकी जुनू रीजालले दिलिप लार्इ पर्दामा साथ दिदै छिन ।

    Read More

  • जापानमा नेपालीलाई राजुले नचाउँदै

    जापानमा नेपालीलाई राजुले नचाउँदै काठमाडौ । फुकुओका जापानमा भएका प्रवासी नेपालीहरुलाई निकै समयपछि राजु लामाले नचाउने भएका छन् । करिब तीन वर्षपछि साङ्गीतिक क्षेत्रमा फर्कन लागेको लामालाई जापानसम्मको यात्राका लागि तमु घिं क्यूसु जापानले साथ दिने भएको छ । तमु घिं क्यूसु जापानको आयोजनामा यहि जुलाई १५ तारिखमा फुकुओकामा हुने ‘Exclusive summer night' साङ्गीतिक कार्यक्रममा राजु लामाले लाईभ ब्याण्ड प्रस्तुति दिने पक्कापक्की भएको आयोजक संस्थाका अध्यक्ष भीम गुरुङले जानकारी दिनुभयो ।

    Read More

  • संगीतकार गुरुङलाई प्रहरीको सम्मान

    संगीतकार गुरुङलाई प्रहरीको सम्मान काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाली सांगीतिक क्षेत्रका नक्षत्र संगीतकार अम्मर गुरुङलाई उनकै निवासमा नगद ५ लाख सहित सम्मान गर्नुभएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले मुर्धन्य संगीतकारले दिएको योगदानको कुनै रकमसंग तुलना नहुने बताउँदै उनको पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभयो । उनी र उनको परिवारलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न नेपाल प्रहरी तत्पर रहेको बताउनुभयो ।

    Read More

  • नारीहरुको सम्मानमा राजेश तेस्रो लिंगी बनेपछि ! (भिडियो सहित)

    नारीहरुको सम्मानमा राजेश तेस्रो लिंगी बनेपछि ! (भिडियो सहित) काठमाडौं । महानायक राजेश हमाल तेस्रो लिंगी बनेका छन् । पत्यार नलाग्न सक्छ । तर यो फोटो देखिपछि तपाईको मनमा लागेको कौतुहलता भने पक्कै मेटिनेछ । अझ भिडियो हेर्नुहोस्, जहाँ राजेश हमाल आफैले भनेका छन्– ‘मेरो यो लुक्स सम्पूर्ण नारीहरुको सम्मानमा हो ।’ उमेरले आधा सताब्दी नाघेपछि मात्र विवाह बन्धनमा बाधिएका हमाल के कारणले तेस्रो लिंगी बने भन्ने विषयमा पीर लिनु पर्दैन उनी वास्तविक जीवनमा तेस्रो लिंगी बनेका भने होइनन् । उनको पछिल्लो अभिनित चलचित्र ‘शकुन्तला’को रुप मात्रै हो यो ।

    Read More