मेरो मनको जुनसँग, मौनतामा बात भयो
उनीलाई या म आफैलाई अन्तर्घात भयो ।
एउटा आँखा सडक वारी, अर्को सडक पारी
नजाऊँ भन्थेँ कहिल्यै पनि, उनको साथ छाडी
मेरो मनको जुनसँग, मौनतामा बात भयो
उनीलाई या म आफैलाई अन्तर्घात भयो ।
लाखौं बालक बस्दछन् सडकमा भोका र नाङ्गा हरे
लाखौं औषधि नै नभै समयमा जन्मेर मात्रै मरे
सारा शासक वातमा रुमलिए साह्रै उछित्तो गरे
चिल्ला कार चढेर नाम तिनको पारेर खल्ती भरे ।।१
कसको पछि लाग्नु खै यहाँ सिद्धान्त हजार छन् भाषाको घाँटी निमोठी यहाँ ढुङ्गामा पछार्छन् मनपरी गरी जे लाग्छ मनमा त्यही गर्न नपाए अध्ययन बिना विज्ञ हुँ भनी घमण्ड पसार्छन् भो आशा छैन हामीलाई अब बन्द छ भनेर बाँदरले घर न आफ्नो छाउँछन् बनेको बिगार्छन
यता मलाई ठिक्क पारी अन्तै कुरा चलाकी रै’छै । मनमा खाली राम जप्दै बगलिमा छुरा चलाकी रै’छै ।। आफू त मान्छे सोझो साझो बुझिनछु चालबाजी मलाई सिन्दुर किन भन्दै अर्काको चुरा चलाकी रै’छै
असल कार्य गर्दा पनि आपत्ति,
गर्दै नगर्दा त झन् विपत्ति, दुर्गति,
निःशब्द रहनु, भाव–अभिव्यक्ति नगर्नु,
धेरै बौद्धिक कुरा नगर्नु, धेरै बाठो नहुनु,
सके सास पनि नफेर्नु, बरू अस्त हुनु,
आफू पनि केही गर्न नसक्नु, अरूले पनि नगर्नु ।
आपत्ति...
आपत्ति,
विरोध...
विरोध...
निष्क्रियमणिता,
अकर्मण्यता,
क्लीष्टता,
अझ क्लीष्टता
चट्टै माया नमार्नु है परदेसियो भनि
मन त सधैँ गाउँमै हुन्छ टाढै रहे पनि ।
देशको माया गीत बनाई सम्झनाले लेख्छु
थेम्स नदी तर्दै जाँदा अरुण तमोर देख्छु ।
गुराँस कै लाली पाउँछु डाफडीलमा पनि
मन त सधैँ गाउँमै हुन्छ टाढै रहे पनि ।
बाढी पैरो गयो भन्दा गाउँघरसँगै रुन्छु
आईफल टावर चढ्दै जाँदा सुनधारा मै पुग्छु ।
काठमाडौं– ‘प्रथम मिसेस तामाङ –२०१६’को उपाधि शान्ति तामाङले हात पारेकी छन्। ‘एसके इन्टरटेन्मेन्ट’को आयोजनामा राजधानीमा सम्पन्न ‘प्रथम मिसेस तामाङ –२०१६’ मा १७ प्रतिस्पर्धीलाई पछि पार्दै धादिङ, दार्खाकी शान्ति ताज पहिरिन सफल भएकी हुन्।
सवाल नाकको हो साथी
भनुम् भने तिम्रो मन दुख्ला
नभनि फेरि मनमै दबाएर
म कति दिन बस्न सकुँला ?
तिम्रो र मेरो सपनाहरु
एउटै स्तरका कहाँ छन र ?
तिमी त पुग्नु छ
विश्वका विकसित राष्ट्रहरुमा
र नश्लवादी काठमाण्डूलाई
आदर्शको पाठ पढाउनु छ ।
रोई फुर्सद छैन हेर कविता के प्रितलाऊँ यहाँ ?
माटो नै सरी जान्छ खेर कविता के गीत गाऊँ यहाँ ?
निन्द्रामै पनि फुर्छ धेर कविता छोडेर जाऊँ कहाँ ?
दुख्दा देश त हुन्छ शेर कविता खेदि भगाऊँ कहाँ ? ।।१
मलाई पर्खी नबस्नु है मेरो कुनै भर छैन
मत एउटा सर्बहारा मर्ने कुनै डर छैन ।
सधैं बास चौतारीको आकाशको तारा साथी
खुल्ला आकाश मेरो ओत हो आफ्नो त घर छैन
मत एउटा ............