भासिदो रात गहिरो अकाशमा अनिदो आँखा एक कप्टेरो जुन सपना चुहाउँछ दुबो उमार्दै कुल्चेर मृत्युहरु बुद्ध पाइला छरेन लुम्बिनीले बोधिसत्वको विज !
हिजो आज भयभित जिन्दगी बाँचिरहेछ मान्छे दिन दिनै शंशकित जिन्दगी बाँचिरहेछ मान्छे भोलि कहाँ के हुने हो थाहा छैन कसैलाई यस्तै यस्तै आतंकित जिन्दगी बाँचिरहेछ मान्छे रित्याउँदै लादा खेरीभित्र भित्रै खोक्रो आदर्शले विस्तारै त्यो संक्रमित जिन्दगी बाँचिरहेछ मान्छे
एउटै छाना मुनि पर्छ अप्ठ्यारो श्वास फेर्न जतिखेर बिपरित विचार को कोपच्यारो मा परिन्छ जतिखेर निसासिन्छ श्वास चौतर्फी पर्खालभित्र बेस्सरी त्यतिखेर चारभज्यांग पारी कतै कतै हराउन मन लाग्छ त्यतिखेर अरुचि बिरोध असन्तोष पछि जन्मिन्छ कोपदाह जतिखेर
कम्रेड ...! च्याब्रुङको तानालाई इजार र जनैलाई जुत्ताको तुना बनाएर पशुपतिलाई सुगुरको गोखान बनाउ अनि , सहोदर बहिनीलाई जग्गेमा राख तब बज्छन यहाँ – माक्र्स–लेलिनको खोपडीहरु ।
केशमा चायाँ काइयोलाई दुःख सुखी मनुवा । पासपोर्ट छ हरियो, भिरालो त्यो बन्छ विदेशी । घन्टे जिन्दगी जातको भात बोक्छ घडीको अन्त । तृष्णा तिम्रो छ आँशुको मासु भाग भो फुलबारी । चारुको चन्द्र प्रेमील छ विजय घृणाले पुगिन्न । शिशिर सूर्य तापले नुहाउँदा पग्लन्छ मन । शीत लहर गरिबको झुपडी पाहुना श्राप । नहेर्नु लुकी सिरेटो छ प्रेमिल जम्यो मुटु । मन्दिर नजा जाँदैपो’छ मान्छे बन्न देवता । ब्यापारी हौ बेचिदिनु भावना मुनाफा जो छ । बैंसको रुप सपना बेच्ने नेता पछाडि जन । हे, हरी–हरी भो, बोल्दैन दुनियाँ बोल्छे सुन्दरी ।
हिमाल जाउँकी पहाड लागु या त पुगु तराई कहाँ खोजु आफ्नो छायाँ आज आफै हराई । कतै आफ्नै घर पनि कैद हुन सक्छ कतै आफ्नै रगत पनि बैदो हुन सक्छ सम्झदामा सबै आफ्नो ठान्दा सबै पराई कहाँ खोंजु आफ्नो छाया आज आफै हराई ।
भनिदिनुस् मलाई एउटा नारा चाहिएको छ सहयोग गर्ने र साथ दिने सारा चाहिएको छ अन्यायकै विरूद्धमा हो यो चेतावनी पनि आन्दोलन सफल पार्न सर्वहारा चाहिएको छ
काठमाडौं- ‘मदन–शीला’ प्रतिष्ठानले वरिष्ठ गीतकार किरण खरेल र वरिष्ठ सम्पादक तथा साहित्यकार नगेन्द्रराज शर्मालाई मदन–शीला सम्मान दिने घोषणा गरेको छ । संस्थाका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले यस वर्षको मदन–शीला सम्मानबाट खरेल र शर्मालाई सम्मान गर्ने निर्णय गरेको हो ।
यो नितान्त निर्जन जीवनको जर्जरता कसरी पार गरुँ ! यतिबेला मलाई तिम्रो आदर्श प्रेमको खाँचो परेको छ प्रिय ! एकपटक, तनमन खुम्च्याएरै भाग्यलाई धिक्कारेरै मिश्रित भैदेउ म र मभित्रका असीमित चाहनाहरुसँग । म तिम्रो कृपालु साथले फैलिन चाहन्छुे झाँगिन चाहन्छु मौलाउन चाहन्छु जिन्दगीको नांगो पहाडभरी ।
एउटा गुलाफ ल्याईयो चुल्ठो सजाउन अर्धचन्द्र पनि पाईयो चुल्ठो सजाउन बिन्दिको चमक, दर्पणको मुस्कानसँगै रेशम डोरी नि बाटियो चुल्ठो सजाउन झरनाझैं झरेको त्यो केशमा नाँच्नलाई औंला काँइयो बनाईयो चुल्ठो सजाउन