कला-साहित्य

गजल

सुधिर ख्वबि
हाल : काठमाडौं

एउटा गुलाफ ल्याईयो चुल्ठो सजाउन
अर्धचन्द्र पनि पाईयो चुल्ठो सजाउन
 
बिन्दिको चमक, दर्पणको मुस्कानसँगै    
रेशम डोरी नि बाटियो चुल्ठो सजाउन  
 
झरनाझैं  झरेको त्यो केशमा नाँच्नलाई  
औंला काँइयो बनाईयो चुल्ठो सजाउन  
 
मनको धागोमा इन्द्रेणी भाव यो उनेर
प्रेमको गजरा लाईयो चुल्ठो सजाउन
 
ओंठको इन्द्रेणी, सिन्दुरको चमकसँगै
शिरबिन्दु नि सजाईयो चुल्ठो सजाउन
 
गलामा नौलखा हार, कानमा नाँच्ने झुम्का
जरिको घुम्टो चाहियो चुल्ठो सजाउन