कला-साहित्य

ढल्यो तेस्रो आयामको खम्बा

काठमाडाैं, २३ फागुन । मुर्धन्य साहित्यकार इन्द्रबहादुर राईको ९० बर्षको उमेरमा मंगलबार अपराह्नन दार्जिलिङस्थित निवासमा निधन भएको छ ।  तेस्रो आयाम र लीला लेखनजस्ता साहित्कि अभियानका अगुवा राई दुई बर्षदेखि थलिएका थिए । कथा, निबन्ध, उपन्यास, नाटक र समलोचनालगायत विधामा कलम चलाएका राई राजनीतिक चिन्तक पनि थिए । 
गत २७ अगस्टमा श्रमती मायादेवीको निधनपछि उनी झन थलिँदै गएका थिए । पत्नीको निधनअघिसम्म फाट्टफुटट्ट लेखपढ पनि गर्नुहुन्थ्यो, सिलगुडीका कवि राजा पुनियानीले भने, तर, जीवनसंगिनी गुमाएपछि हारेका सिपाहीजस्तै हुनुभएको थियो ।