कला-साहित्य

तिम्रो प्रसंशा

तरंगीत तिम्रा आँखाहरूले मलाई नै
हेरे हेरे झै लाग्यो  
विशाल यो नगरमा तिमीले मलाई नै 
रोजे रोजे झैं लाग्यो ।

भावनामा डुबेर तिमीले मलाई
पछ्याउँदै  पछ्याउँदै आयौ
मायाको भूमरिमा पारि तिमीले 
मलाई बेचैनी बेचैनी बनाई दियौ ।

कलकल बग्ने झरना सँगै तिमी 
पौडिदै पौडिदै आयौ
जुनेली रातको  जून झैं बनि तिमी 
मेरो मनभरि झलमलायौ ।

रातो पहिरनमा सजियर तिमीले
मेरो ध्यान तिमीप्रति केन्द्रित गरि दियौ 
गुलाबको फूलझै ढकमक्क फुलेर 
मेरो मनको सिंहासनमा बिराजमान भईदियौ ।