कला-साहित्य

कार्कीकाे कदर, ‘शान्तिदूत पदवी’बाट सम्मान

काठमाडौं,  चैत । विगत लामो समयदेखि थाइल्याण्डमा बसेर नेपाली चलचित्रको विकास र अन्तर्राष्ट्रिय बजार विस्तारमा योगदान पु¥याउँदै आएका समाज सेवी तथा निर्माता कुमार कार्की शान्तिदूत पदवीबाट सम्मानित भएका छन् । 
हालै यूनिभर्सल पीस फेडेरेसन नेपालद्वारा आयोजित कार्यक्रममा उनलाई शान्तिदूत पदवीबाट सम्मान गरिएको हो । उनले देश, समाज र राष्ट्रका लागि प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग पु¥याउँदै आएका छन् । यो सहयोगले आफूमा थप उर्जा र हौसल्ला पुगेको भन्दै आगामी दिनमा सामाजिक कार्यमा सक्रिय हुने बताएका छन् । उक्त कार्यक्रमको प्रमुख अतिथिमा पूर्व मन्त्री तथा यूनिभर्सल पीस फेडेरेसन एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष, माननीय एकनाथ ढकाल, विश्वशान्ति तथा एकीकृत परिवार संघ नेपालका अध्यक्ष श्री सन्तोषकुमार पौडेल, यूनिभर्सल पीस फेडेरेसन नेपालका महासचिव श्री विनोद डाँगी, विश्व शान्तिका लागि यूवा तथा विद्यार्थी संघ नेपालका अध्यक्ष श्री प्रकाशबाबु थापा लगायत रहेका थिए । कार्कीले चलचित्र स्टूपीड मन, प्रेम गीत चलचित्रको थाइल्याण्डमा छायांकन र प्रदर्शनमा महत्वपूर्ण सहयोग गरेका थिए ।