कला-साहित्य

शर्मा र खरेललाई मदन–शीला सम्मान

काठमाडौं-  ‘मदन–शीला’ प्रतिष्ठानले वरिष्ठ गीतकार किरण खरेल र वरिष्ठ सम्पादक तथा साहित्यकार नगेन्द्रराज शर्मालाई  मदन–शीला सम्मान दिने घोषणा गरेको छ । 
संस्थाका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले यस वर्षको मदन–शीला सम्मानबाट खरेल र शर्मालाई सम्मान गर्ने निर्णय गरेको हो । उनीहरुलाई जनही नगद एक लाख एक हजार राशीको पुरस्कार सहित सम्मान गरिनेछ । यस अघि प्रतिष्ठानले साहित्यिक पत्रकारिता सम्मानतर्फ रचना द्वैमासिक साहित्यिक पत्रिकाका सम्पादक रोचक घिमिरे र स्रष्टा सम्मान पुरस्कारतर्फ साहित्यकार मदनमणि दीक्षित र प्रेमा शाहलाई प्रदान गरेको थियो ।