कला-साहित्य

ताङ्का

भासिदो रात
गहिरो अकाशमा
अनिदो आँखा
एक कप्टेरो जुन
सपना चुहाउँछ

दुबो उमार्दै
कुल्चेर मृत्युहरु
बुद्ध पाइला
छरेन लुम्बिनीले
बोधिसत्वको विज !

भैचम्पासँगै
फुलिहेरौं लस्करै
प्रकृति पनि
झुक्कियोस अक्सर
को मान्छे कुन फूल ।।

- अतित मुखिया, काठमाडौं