कला-साहित्य

मुक्तक

खेमराज गाउँले
भनिदिनुस् मलाई एउटा नारा चाहिएको छ
सहयोग गर्ने र साथ दिने सारा चाहिएको छ
अन्यायकै विरूद्धमा हो यो चेतावनी पनि
आन्दोलन सफल पार्न सर्वहारा चाहिएको छ 

बसेको छु म तिम्रै शहरमा बसेको छु
मेरो त होइन तिम्रै रहरमा बसेको छु
अमृत भनेर पलाएथ्यौ माया मलाई 
निल्नु न ओकल्नु भो जहरमा बसेको छु 

प्रेममा घाइते मुटुको घाउ देखाएर
मेरो आफ्नै आमाबाउ देखाएर
तिमीलाई नजिक बनाउन खोज्दैछु
हिमालमुनिको मेरो गाउँ देखाएर ।

यादहरू सयौं किलो भइसकेको छ
सम्झेछ्यौ आज ढिलो भइसकेको छ
विगततिर फर्काउन नखोज मलाई
तिम्रो माया पहिलो भइसकेको छ ।