कला-साहित्य

गजल

हिजो आज भयभित जिन्दगी बाँचिरहेछ मान्छे
दिन दिनै शंशकित जिन्दगी बाँचिरहेछ मान्छे
 
भोलि कहाँ के हुने हो थाहा छैन कसैलाई
यस्तै यस्तै आतंकित जिन्दगी बाँचिरहेछ मान्छे
 
रित्याउँदै लादा खेरीभित्र भित्रै खोक्रो आदर्शले
विस्तारै त्यो संक्रमित जिन्दगी बाँचिरहेछ मान्छे
 
के–के गर्ने कसो गर्ने भन्दा भन्दै बितेछ समय 
पत्तै नभै अनिर्णित जिन्दगी बाँचिरहेछ मान्छे
 
जाल साची बदनामी गर्नलाई भनि सधै यहाँ
हेर्दा हेर्दै अनिश्चित जिन्दगी बाँचिरहेछ मान्छे

-चित्र सोल्टी गुरुङ, गोरखा