कला-साहित्य

गीत

हिमाल जाउँकी पहाड लागु या त पुगु तराई 
कहाँ खोजु आफ्नो छायाँ आज आफै हराई ।

कतै आफ्नै घर पनि कैद हुन सक्छ 
कतै आफ्नै रगत पनि बैदो हुन सक्छ 
सम्झदामा सबै आफ्नो ठान्दा सबै पराई 
कहाँ खोंजु आफ्नो छाया आज आफै हराई ।
मानिसको हुलमा मानिस एक्लोहुन सक्छ 
आफन्तहरुबाट आफै बेग्लो हुन सक्छ

कति बस्नु मौन भई कता हिड्नु कराई 
कहाँ खोज्नु आफ्नो छाया आज आफै हराई ।
कतै आफ्नै स्वबास पनि प्रवास बन्न सक्छ 
कैले आफ्नो कमजोरीको आभाश हुन सक्छ 
कति गर्नु मेलमिलाप, कति गर्नु लडाई 
कहा खोजु आफ्नै छाया आज आफै हराई ।

अतित मुखिया, काठमाडौं