कला-साहित्य

कविता

एउटै छाना मुनि पर्छ अप्ठ्यारो श्वास फेर्न जतिखेर 
बिपरित विचार को कोपच्यारो मा परिन्छ जतिखेर
निसासिन्छ श्वास चौतर्फी पर्खालभित्र बेस्सरी त्यतिखेर
चारभज्यांग पारी कतै कतै हराउन मन लाग्छ त्यतिखेर
अरुचि बिरोध असन्तोष पछि जन्मिन्छ कोपदाह जतिखेर
साँघुरो सोचाई र बोलाईको दन्किन्छ ज्वाला जतिखेर
उठछ जलजलाउँदो फोका दुख्ने गरी मुटुभित्र त्यतिखेर
टाढा टाढा कतै आफूलाई लुकाउन मन लाग्छ त्यतिखेर
गुनासाहरुको तापले छटपटाउन्छ मुटुकलेजी जतिखेर
चौबिसै घडी मन मस्तिष्क रापिन्छ पिरलो ले जतिखेर
शून्यता र मौनताले गाजिन्छ जीवन नचाहँदै त्यतिखेर
खोज्ने ले न देखोस न भेटोस न चिनोस लाग्छ त्यतिखेर
कृष्ण क्षेत्री, बेलायत