केशमा चायाँ
काइयोलाई दुःख
सुखी मनुवा ।
पासपोर्ट छ
हरियो, भिरालो त्यो
बन्छ विदेशी ।
घन्टे जिन्दगी
जातको भात बोक्छ
घडीको अन्त ।
तृष्णा तिम्रो छ
आँशुको मासु भाग
भो फुलबारी ।
चारुको चन्द्र
प्रेमील छ विजय
घृणाले पुगिन्न ।
शिशिर सूर्य
तापले नुहाउँदा
पग्लन्छ मन ।
शीत लहर
गरिबको झुपडी
पाहुना श्राप ।
नहेर्नु लुकी
सिरेटो छ प्रेमिल
जम्यो मुटु ।
मन्दिर नजा
जाँदैपो’छ मान्छे
बन्न देवता ।
ब्यापारी हौ
बेचिदिनु भावना
मुनाफा जो छ ।
बैंसको रुप
सपना बेच्ने नेता
पछाडि जन ।
हे, हरी–हरी
भो, बोल्दैन दुनियाँ
बोल्छे सुन्दरी ।
पुरुषोत्तम ढकाल
हालः क्यालिफोर्निया
Comments