कला-साहित्य

यूरोपबाट फर्किएसँगै नेपालमै ‘लप्पन छप्पन’

काठमाडौं । केही दिन अघि युरोपका विभिन्न रमणीय स्थलहरुमा ‘लप्पन छप्पन’ गर्न व्यस्त टोली अब नेपालका विभिन्न स्थानमा ‘लप्पन छप्पन’ गर्न जुट्ने भएको छ ।  वास्तवमा यो लप्पन छप्पन टोली लुट्दै–ढाँट्दै–लुक्दै हिड्ने टोली नभएर चलचित्र ‘लप्पन छप्पन’ सुटिङमा व्यस्त बनेको टोली हो ।

टोलीले फिल्मको कथाले मागे अनुसार युरोपको छायांकन सकाएर नेपाल फर्किएको हो । सोही टोलीले अब नेपालका विभिन्न रमणयीय स्थलमा फिल्म छायांकनमा गर्नेछ ।

फिल्म युनिटले युरोपका स्वीजरल्याण्ड हल्याण्ड, बेल्जियम एवं लक्जमवर्गमा छायाँकन गरेको थियो । ‘लप्पन छप्पन’मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ति भट्ट लगायतको अभिनय गरेका छन् ।

यही फिल्ममा हलिउडका कलाकार ओलिभर ब्लुर्कले समेत अभिनय गरेको निर्देशक मुकुन्द भट्टले बताए । युरोपका विभिन्न मुलुकमा ५० प्रतिशत छायाँकन गरिएको यस चलचित्रको बाँकी सुटिङ नेपालमै गर्न लागिएको उनले बताए ।