कला-साहित्य

फिल्मी मोहले दिलीप नेपाल फर्किए

काठमाडौं । सपरिवार अमेरिका हानिएका अभिनेता दिलीप रायमाझी पुनः नेपाल फर्किएका छन् । फिल्म मोहका कारण उनी नेपाल फर्किएका हुन् । दिलिप रायमाझीको मूख्य भूमिका रहेको एउटा फिल्मको अहिले हेटौंडामा धमाधम छायांकन भइरहेको छ ।

फिल्म ‘चर्खा’ शुटीङक लागि नै अभिनेता रायमाझी नेपाल फर्किएका हुन् । उनि पनि अहिले चर्खा फिल्मको लागि हेटौडामा ब्यस्त रहेका छन । गायिका बाट नायिका बन्न लागेकी जुनू रीजालले दिलिप लार्इ पर्दामा साथ दिदै छिन ।

फिल्महरु लगातार असफल भएपछि अमेरीका हानिएका दिलिप फिल्मको सुटीङको लागि पुन आएका छन भने सुटीङ सकिएपछि उनी पुनः अमेरिका  फर्किनेछन् ।
पछिल्लो समय कलाकारहरु अमेरीका जाने क्रम बढिरहेको छ । अमेरिका गए पनि कलाप्रतिको मोह भने कलाकारहरुले मार्न सकेका छैनन् । त्यही कारणले पनि हुनसक्छ अमेरिका हानिएका कलाकारहरु फिल्म सुटिङ गर्दै फर्कदै गर्ने गरेका छन् ।