काठमाडौं, बैशाख । काठमाडौंको बुद्ध स्तुपामा हुने तिमाल जात्रा यस वर्ष सडकमै हुने भएको छ । गत वर्ष बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण विश्व सम्पदा बौद्धनाथ स्तुपामा क्षति पुगेपछि महोत्सव सडकमै गर्न लागिएको हो ।
काठमाडौं । चित्रकार तथा कलाकारहरुले आफूले कोरेको चित्रको विक्रिबाट प्राप्त रकम भूकम्पपीडितहरुलाई सहयोग गरेकाछन् । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानकी कुलपति तथा चित्रकार रागिनी उपाध्यायलगायत ६८ देशका कलाकारहरुले कोरेको चित्र बिक्रिबाट प्राप्त भएको संयुक्त रकम नेपालको बुढानीलकण्ठका भूकम्प प्रभावितहरुलाई राहतस्वरुप...
काठमाडौँ। रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव ओम शर्मालाई दिने निर्णय गरेको छ ।
काठमाडौं । प्रेरणा भट्टराई र आयुष जोशी यस बर्षको ‘लिटल स्टार’ बन्न सफल भएका छन् । ईभेन्ट कम्पनी ई फर इन्टरटेनमेन्टले आयोजना गरेको ‘लिटल–स्टार बाल प्रतियोगिता’मा उनिहरु बिजयी भएका हुन् ।
काठमाडौं । रेखा थापाको निर्माण तथा अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ‘राम प्यारी’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नयाँ बर्षको अबसर परेर यहि चैत्र २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रामप्यारी’ को गीत संगीत र यस अघि सार्वजनिक ट्रेलरले बजारमा राम्रै चर्चा बटुलेको छ ।
काठमाडौैं । दिवस धिताल र रविना श्रेष्ठ ‘नेपाल्स फेश अफ द ईयर–२०१६’ घोषित भएका छन् । रिवन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित प्रतियोगिताको यस दोस्रो संस्करणमा ४६ स्पर्धी थिए । जसमा दिवश र रविनाले उपाधि जित्न सफल भएका हुन् ।
काठमाडौं । शुक्रवारदेखि नेपाली बक्स अफिसमा अहिलेका दुई चल्तीका कलाकार आर्यन सिग्देल र दयाहाङ राईविच प्रतिस्पर्धा सुरु भएको छ । आर्यनको अभिनय रहेको ‘आवेग’ र दयाहाङले अभिनय गरेको ‘राहदानी’ प्रदर्शनमा आएसँगै उनीहरुको प्रतिस्पर्धा शुरु भएको हो ।
चलचित्र ‘वेवाच’को सुटिङ सेटमा पुगेकी नायिका केली ओबाले रातो पहिरनमा आफूलाई हट रुपमा प्रस्तुत गरेकी छिन् । उनको ब्रान्डको रुपमा चिनिएको रातो स्विमसुटमा उनी आकर्षक र हट देखिएकी थिइन् ।