कला-साहित्य

ड्रिम्स पाइरेसी प्रकरणः २५ लाखमा कुरा मिल्यो

काठमाडौं । अभिनेता भुवन केसीले चलचित्र पाइरेसी भए बापत २५ लाख क्षतिपूर्ति प्राप्त गरेका छन् । चलचित्र ड्रिम्स हाइलाईट्स नेपालका दुई कर्मचारीबाट पाइरेसी भएको कुरा प्रमाणित भएपछि उनले सो क्षतीपुर्ती पाएका हे । ‘ड्रिम्स’ को पाइरेसी भएलगत्तै भुवनले कलाकार संघ, चलचित्र बिकास बोर्ड र प्रहरीमा एक करोडको क्षतीपुर्तीको माग गर्दे उजुरी दिएका थिए ।
पाइरेसीमा संलग्न ब्यक्ति बिधान गुरुङ र उनैका साथी चन्द्र नागाजुलाई प्रहरी हिरासतमा राखेको छ । जसमा बिधान गुरुङ हाइलाईट्स नेपालकै कर्मचारी हुन् । हाइलाइट्सले ड्रिम्सको युट्युव र भिसिडी राइट्स १४ लाखमा किनेको थियो ।
तर, भुवन र हाइलाईट्स नेपालबीच सहमती भएपछि भुवनले २५ लाखमा चित्त बुझाएको बताईएको छ । एक करोडको दाबी गर्दे आएका भुवन र हाइलाईट्स नेपालबीच कस्तो सम्झौता र सहमती भयो त्यसबारे केही खुलाइएको छैन । तर भुवनले पाइरेसीबिरुद्ध लड्दा थोरै भएपनि राहत भने पाउन सफल भएका छन् ।