कला-साहित्य

नारीहरुको सम्मानमा राजेश तेस्रो लिंगी बनेपछि ! (भिडियो सहित)

काठमाडौं । महानायक राजेश हमाल तेस्रो लिंगी बनेका छन् । पत्यार नलाग्न सक्छ । तर यो फोटो देखिपछि तपाईको मनमा लागेको कौतुहलता भने पक्कै मेटिनेछ । अझ भिडियो हेर्नुहोस्, जहाँ राजेश हमाल आफैले भनेका छन्– ‘मेरो यो लुक्स सम्पूर्ण नारीहरुको सम्मानमा हो ।’
उमेरले आधा सताब्दी नाघेपछि मात्र विवाह बन्धनमा बाधिएका हमाल के कारणले तेस्रो लिंगी बने भन्ने विषयमा पीर लिनु पर्दैन उनी वास्तविक जीवनमा तेस्रो लिंगी बनेका भने होइनन् । उनको पछिल्लो अभिनित चलचित्र ‘शकुन्तला’को रुप मात्रै हो यो । राजेश महिला अवतारमा देखिनुुको केही कौतुहलता मेटाउन फिल्म निर्माण पक्षले हालै फिल्मको ट्रेलर सार्वजनिक गरेको छ ।
यस फिल्मको सुटिङ ताका नै चर्चा थियो । त्यस समयमा बाहिरिएको यही तस्वीरले मानिसहरुमा अनेक कौतुहलता जन्माएको पनि थियो । उनी अर्धनारी अवतारमा देखिनुको केही कौतुहलता यो ट्रेलरले मेटाएको छ भने पूरै कौतुहलता निवारणको लागि भने भदौ १० कुर्नु पर्ने भएको छ । फिल्म ‘शकुन्तला’मा हमालसँगै अनु शाह, किशोर खतिवडा, स्मृति श्रेष्ठ, रविन्द्र वस्नेत लगायत अभिनय रहेको छ । ‘शकुन्तला’ मा हमाल पुरै रोलमा अर्धनारी अवतारमा छन् वा छैनन् भन्ने विषयमा भने कौतुहलता नै छ ।

भिडियो यस्तो छ ...