कला-साहित्य

सनीले खोलिन सफल दाम्पत्य जीवनको राज

मुम्बई । पछिल्लो समय बलिउडमा केही सेलिब्रेटीको सफल दाम्पत्य जीवनको कथा व्यथाले प्राथमिकता पाउन थालेको छ । यसै वर्ष फरहान अख्तर–अधुना भबानी र अरबाज खान–मलाइका अरोरा खानलगायत केही बलिउड सेलिब्रेटीको आपसी सम्बन्ध तोडेपछि सफल दाम्पत्य जीवनका विषयमा चर्चा भएको हो ।
यसैबीच चर्चित अभिनेत्री सनी लियोनले समेत आफ्नो सफल दाम्पत्य जीवनको विषयमा राज खोलेकी छन् । डेनियल वेबरसँग सन् २००९ जनवरीमा विवाह बन्धनमा बाँधिएकी अभिनेत्री सनी लियोनले भने आफ्नो सफल दाम्पत्य जीवनबारे ‘विश्वास र सम्झौता’ नै प्रमुख भएको बताएकी छन् । उनले भनेकी छन्– ‘ह्याप्पी वाईफ, ह्याप्पी लाईफ’ को ओकालत गर्छु ।’ यही विषयमा सनीले जोड दिँदै भनिन्, ‘राम्रो र लामो समयसम्म दाम्पत्य जीवन टिकिरहन सम्झौता अति जरुरी छ । सम्झौता सबैभन्दा ठूलो आवश्यकता हो किनकि, हरेक कुरामा सहमत हुन बाध्य हुनुपर्दैन । यसले सम्बन्धलाई बलियो बनाउँन मद्दत पुग्छ ।’

सनीले सन् २०१२ मा कामुक थ्रिलर फिल्म ‘जिस्म–२’ मार्फत बलिउडमा अभिनय करिअर शुरुआत गरेकी थिइन् । त्यसअघिसम्म उनी पोर्न स्टारका रुपमा चर्चित थिइन् । सनीले पछिल्लो शाहरुख खान अभिनीत ‘रईस’को एक गीतमा अभिनय गरेकी छन् । यो सन् १९८० को हिट गीत ‘लैला ओ लैला’ को नयाँ रूप हो । यसको मुख्य गीतमा फिरोज खान र जीनत अमानले अभिनय गरेका छन् । सनी भन्छिन्, ‘शाहरुखका साथ काम गर्ने मेरो सपना पूरा भएको छ ।’ उनले आफ्नो ठूलो सपना पूरा भएको बताउँदै भेनकी छन्, ‘म यसबाट एकदमै उत्साहित छु ।’ सनीले शाहरुखसँग काम गर्दा रामाइलो भएको पनि बताइन् ।