कला-साहित्य

हिरो रिटन्र्समा रेखा अनुबन्धित

काठमाडौं । नायिका रेखा थापा चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिईन् । हाल त्यही चलचित्रको सिक्वेल नभए पनि सिक्वेल जस्तै देखिने गरि चलचित्र हिरो रिटन्स नामक चलचित्र निर्माण हुने भएको छ ।
चलचित्र हिरो रिटन्सलाई नायक सविन श्रेष्ठले निर्माण गर्ने भएका हुन् । चलचित्रको निर्माण टिममा भन्ने चलचित्र दमदार निर्माण गरिसकेका निर्माता चन्द्र गौतम पनि सामेल भएका छन् । चलचित्रको मूख्य कलाकारहरु पनि करिब टुंगो लाईसकेको छ ।
चलचित्रमा सविन श्रेष्ठको अलवा रेखा थापा प्रमूख भुमिकामा देखिने भएकी छिन् । कलाकारहरुको वारेमा जानकारी गराउँदै निर्माता चन्द्र गौतमले अन्य कलाकारहरुको समेत टुंगो लागेको तर नाम नखुलाईएको बताएका छन् ।  अर्को रोचक कुरा के छ भने निर्माता चन्द्र गौतमले नायक सविन श्रेष्ठसंग मिलेर हरेक बर्ष विग प्रोजेक्टको एउटा चलचित्र निमाणर््ा गर्ने घोषणा समेत गरेका छन् । हरेक बगौतम समाजसेवामा पनि सक्रिय छन् । हाल उनी सामुदायिक प्रहरी गौगंबुका उपाध्यक्ष समेत रहेका छन् ।
चलचित्रका नायक तथा निर्माता सविन श्रेष्ठले पनि चन्द्र गौतमसँग सहकार्य भएपछि चराम्रो बन्ने बताएका छन् । यसो त रेखा र सनिवको जोडीलाई दर्शकहरुले धेरै फिल्ममा मनपराई सकेका छन् । चलचित्रमा एक्सन, विषयबस्तु र गीत बलियो हुने बताईएको छ । चलचित्रको निर्देशन समिर मियाँले गर्ने चर्चा भएतापनि निश्चित नभएको निर्माता चन्द्र गौतमले बताएका छन् ।