कला-साहित्य

संगीतकार गुरुङलाई प्रहरीको सम्मान

काठमाडौं ।  प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाली सांगीतिक क्षेत्रका नक्षत्र संगीतकार अम्मर गुरुङलाई उनकै निवासमा नगद ५ लाख सहित सम्मान गर्नुभएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले मुर्धन्य संगीतकारले दिएको योगदानको कुनै रकमसंग तुलना नहुने बताउँदै उनको पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभयो । उनी र उनको परिवारलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न नेपाल प्रहरी तत्पर रहेको बताउनुभयो ।
संगीतकार गुरुङले आफ्नो सम्पूर्ण जीवन संगीत साधनामा बिताएको स्मरण गर्दै प्रशंसा र सम्मान दिएकोमा नेपाल प्रहरीप्रति हार्दिक आभार प्रकट गर्नुभयो । उहाँले नेपाल प्रहरीलाई सदैव सहयोग गर्ने सुभेच्छा समेत व्यक्त गर्नुभयो । संगीतकार गुरुङले लामो समयदेखि नेपाली गीत संगीतको विकासका लागि महत्वपूर्ण भूमिका निमाउँदै आउनुभएको छ । उहाँले  नेपालको राष्ट्रिय धुन सिर्जना गरी नेपाली राष्ट्रियतालाई उचाईमा पु¥याउने दिशामा अतुलनीय योगदान पु¥याउनुभएको छ ।