समाचार

  • तिब्बतको झड्का काठमाडौंमा

    तिब्बतको झड्का काठमाडौंमा काठमाडौं । आइतबार विहान काठमाडौंमा भूकम्पको झड्का महशुस भएको छ । तिब्बतलाई केन्द्र बनाएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस भएको हो । आइतबार बिहान सात बजेर ३३ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महशुस भएको थियो । भूकम्प ५.६ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । आजै बिहान तिब्बतलाई नै केन्द्र बनाएर ५.२ रेक्टर स्केलको भूकम्प पनि गएको थियो । भूकम्प बिहान सात बजेर १७ मिनेट जाँदा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    Read More

  • विश्व शान्तिका लागि लुम्बिनी घोषणापत्र जारी

    विश्व शान्तिका लागि लुम्बिनी घोषणापत्र जारी काठमाडौं । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले विश्व शान्तिका लागि १२ बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बन्द गोष्ठी सम्पन्न भएको छ । २५६० औं बुद्धजयन्तीका अवसरमा बिहीबार लुम्बिनीमा सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी ४० देशका प्रतिनिधिले विश्व शान्तिका लागि बुद्धदर्शन प्रेरणाको स्रोत बनेको निष्कर्ष निकाल्दै १२ बुँदे घोषणापत्र जारी गरेका हुन् । संस्कृति तथा पर्यटनमन्त्री आनन्दप्रसाद पोख्रेलले सम्मेलनको साझा धारणाका रूपमा उक्त घोषणापत्रलाई

    Read More

  • बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम

    बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम काठमाडौं । आज बुद्ध जयन्ति । बुद्ध जयन्तीका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । २५६०औँ बुद्ध जयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्विनीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । लुम्विनी क्षेत्र दुलही झैं सिंगारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न २८ देशका बुद्ध विद्धान्,भिक्षुहरुको सहभागिता रहने छ । नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख

    Read More

  • पूर्वाञ्चलमा साकेला उभौलीको रौनक

    पूर्वाञ्चलमा साकेला उभौलीको रौनक काठमाडौं । पूर्वाञ्चलमा साकेला उभौली तथा यले संवत् ५०७६ को रौनक शुरु भएको छ । किरात धर्माबलम्बीहरु यतिबेला साकेला उभौलीका शुभकामना आदानप्रदानमा व्यस्त छन् । साकेला उभौलीको अवसरमा विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान तथा खुसियाली मनाउन थालिएको छ । महिना दिनसम्म मनाइने उभौली चाडका अवसरमा किरातीले भूमि तथा अन्नबालीको पूजा गर्दै मनाउने गर्दछन् । किराती जातिको मात्र चाड मानिँदै आइए पनि

    Read More

  • कालिकोटमा भीषण पहिरो, चार जनाको मृत्यु

    कालिकोटमा भीषण पहिरो, चार जनाको मृत्यु कालिकोट । अविरल वर्षासँगै कालीकोटका कोटावाडा गाविसको लालिघाट बजारमा गएको भीषण पहिरोमा पुरिएर चार जनााको मृत्यु भएको छ । पहिरोले बजारमा रहेका पसल बगाउँदा चार जनाको मृत्यु भएको हो भने भने तीन जना बेपत्ता भएका छन् । पहिरोले बजारमा रहेका दुई दर्जन बढी पसल बगाएको छ भने करिब २० करोड बराबरको सामान क्षति भएको बुझिएको छ । पहिरो गएपछि जिल्ला सदरमुकामबाट प्रहरीलगायतको टोली उद्धारका लागि खटिएको छ ।

    Read More

  • लमजुङमा भयानक दुर्घटना, ८ जनाको मृत्यु

     लमजुङमा भयानक दुर्घटना, ८ जनाको मृत्यु काठमाडौं । लमजुङमा भएको विहीबार भएको बस दुर्घटनामा ८ जनाको ज्यान गएको छ । अन्य १० जना घाइते भएका छन् । तनहुको दमौलीबाट लमजुङको चिताकोट जाँदै गरेको बस तामाखानीमा दुर्घटना भएको हो । मृतकहरुको सनाखत नभएको र घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस सठकबाट ४०० मिटर तल खसेको छ । रातीको समय र अप्ठ्यारो ठाँउमा बस खसेकोले उद्धार कार्यमा समेत कठिनाई भएको छ ।

    Read More

  • नेपाल डे परेडको सम्पूर्ण तयारी पूरा

    नेपाल डे परेडको सम्पूर्ण तयारी पूरा नेपालको गणतन्त्र दिवसको अवसर पारेर न्यूयोर्कमा पहिलो पटक नेपाल डे परेड हुने भएको छ । यहिं २२ ताखिमा म्यानहाटनमा आयोजना गरिएको परेडको सम्पूर्ण तयारी पूरा भएको आयोजनक बताएका छन् । नेपाल डे परेड आयोजक समितिले बुधबार न्यूयोर्कको ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गरी परेडबारे जानकारी गराएको हो । अमेरिकामा पहिलो पटक हुन लागेको नेपाल डे परेडको नेपाल र नेपालसँग सम्बन्धित ३७ वटा संघ संस्थाहरु

    Read More

  • मोटरसाइकल दुर्घटनामा ४ जनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा ४ जनाको मृत्यु सिरहा । सिरहाको लहानमा गएराति मोटरसाइकल दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लाहनमा तीन वटा मोटरसाईकल एक आसपमा ठोक्किदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा लाहनका ४५ वर्षीय नुजा सदाई, गोलबजार नगरपालिका–६ का ३५ वर्षीय रामआषिश पासवान, गोलबजार नगरपालिका–६ कै १८ वर्षीय विषे सिंह र सप्तरी ब्रह्मपुर– ३ का ५५ वर्षीय लक्ष्मण राम मृत्यु भएको हो ।

    Read More

  • अमेरिकी भिसा आवेदनमा लचकता

    काठमाडौं । सयुक्त राज्य अमेरिकाले आफ्नो देशमा आउन चाहने विद्यार्थी तथा पर्यटकको लागि भिसा आवेदनमा लचकता अपनाएको छ । नेपालका लागि अमेरीकी दुतावासले विज्ञप्ती जारी गर्दै यहि जेठ १९ गतेदेखि लागु हुनेगरी पर्यटक र विद्यार्थी भिसाका लागि निवेदन दिँदा बैंक स्टेटमेन्ट र घरजग्गाको लालपूर्जा आवस्यक नपर्ने जनाएको छ । विज्ञप्तीमा भनिएको छ– ‘सम्भावित छलकपटबाट जोगाउन र पैसा र समय...

    Read More

  • विरोधकाबीच सेनाले भन्यो–‘स्वागत गर्नु स्वभाविक’

    विरोधकाबीच सेनाले भन्यो–‘स्वागत गर्नु स्वभाविक’ काठमाडौं । हालै भूकम्पपीडितको सहयोगार्थ काठमाडौंमा भएको अमरपंक्षी नामक कार्यक्रमा बलिउड कलाकारलाई नेपाली सेनाले गरेको स्वागत र टुडिखेल आयोजना भएको विषयले चर्चा पायो । भूकम्पपीडितको सहयोगार्थ उक्त कार्यक्रम एक अर्थमा सकारात्मक रुपमा लिनुपर्ने अवस्थामा नेपाली सेना नै आलोचित बन्नेसम्मको अवस्था सिर्जना भयो । कारण हो, सरकारी संयन्त्रले घेरिएको टुँडिखेलमा सोनाक्षी र मलाइका जस्ता दुई पन्छीले ‘छैयाँ–छैयाँ’ मच्चाउनु, भिआइपी कक्षको प्रयोग गर्न

    Read More