समाचार

लमजुङमा भयानक दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । लमजुङमा भएको विहीबार भएको बस दुर्घटनामा ८ जनाको ज्यान गएको छ । अन्य १० जना घाइते भएका छन् ।

तनहुको दमौलीबाट लमजुङको चिताकोट जाँदै गरेको बस तामाखानीमा दुर्घटना भएको हो । मृतकहरुको सनाखत नभएको र घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस सठकबाट ४०० मिटर तल खसेको छ । रातीको समय र अप्ठ्यारो ठाँउमा बस खसेकोले उद्धार कार्यमा समेत कठिनाई भएको छ ।

बसमा क्षमता भन्दा धेरै यात्रु भएको र सहचालकले चलाएकोले बस दुर्घटनामा परेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।