समाचार

नेपाल डे परेडको सम्पूर्ण तयारी पूरा

‘नेपाल र नेपालीका लागि एक दिन’

गोकुल श्रेष्ठ/न्यूयोर्क

नेपालको गणतन्त्र दिवसको अवसर पारेर न्यूयोर्कमा पहिलो पटक नेपाल डे परेड हुने भएको छ । यहिं २२ ताखिमा म्यानहाटनमा आयोजना गरिएको परेडको सम्पूर्ण तयारी पूरा भएको आयोजनक बताएका छन् । नेपाल डे परेड आयोजक समितिले बुधबार न्यूयोर्कको ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गरी परेडबारे जानकारी गराएको हो ।

अमेरिकामा पहिलो पटक हुन लागेको नेपाल डे परेडको नेपाल र नेपालसँग सम्बन्धित ३७ वटा संघ संस्थाहरु आयोजक रहेका छन् । न्यूयोर्कको व्यस्त सहर म्यानहाटनको ब्रोडवे २९ स्ट्रिट देखि १९ स्ट्रिटसम्म हुने छ । आइतबार अपरान्ह १२ बजेदेखि ४ बजेसम्मका लागि सम्पूर्ण सडक नेपाल डे परेडले भरीभराउ हुनेछ । परेडमा १० वटा भन्दा बढि झाँकीहरु प्रस्तुत गर्ने तयारी आयोजकले गरेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल डे परेडका संयोजक लुईसाङ वाईवा तामाङले भन्नुभयो– ‘आयोजकका तर्फबाट नेपाल डे परेड नेपाली डायस्पोराको एकताको महत्वपूर्ण सन्देश हुन्छ भन्ने विश्वास हामीले लिएका छौ । यस नेपाल डे परेड नेपालको लागि व्यापार तथा पर्यटन प्रवर्दन गर्ने उद्देश्य बोकेको मात्र नभएर स्थानीय एवं संघीय अमेरिकी सरकार समक्ष नेपाली डायस्पोराको राजनीतिक उपस्थितिको संकेत पनि हो । यो राजनीतिक उपस्थितिको संकेत डायस्पोराकोलागि कालान्तरसम्म फलदायी हुनेछ भन्ने विश्वास हामीले राखेका छौ । उहाँले  सम्पूर्ण नेपालीहरुको उच्च मनोकांक्षा अनुसार नेपाल गणतन्त्र मुलुक घोषणा भएको दिनलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउने उद्देश्यले न्युयोर्क शहरमा नेपाल डे परेड सोहि अवसरमा मनाउन लागेको पनि जानकारी दिनुभयो । त्यस्तै उहाँले आगामी वर्षमा नियमित रुपमा नेपाल डे परेड गरिने पनि बताउनु भयो । ‘नेपाल र नेपालीपनलाई यो कर्म भूमिमा सगौरव प्रस्तुत गर्ने उद्देश्यसहितको यो अभियानलाई सिङ्गो नेपाली डायस्पोराले सम्पूर्ण सहयोग र समर्थन गर्नु हुनेछ भन्ने विश्वास हामीले राखेकाछौ’ आयोजकले जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

परेडमा विभिन्न साँस्कृतिक झाँकीहरु, सांगीतिक प्रस्तुति एवं मौलिक भेषभुषामा सहभागीहरुले प्रदर्शनी गर्नेछन् । परेडमा निम्न झाँकीहरु प्रस्तुत गरिने आयोजकले जानकारी गराएका छन् ।

१.          गुरुङ जातिको सोरठी

२.          तामाङ जातिको झाँक्री तथा डम्फु

३.          नेवार समुदायको लाखे र धिमे

४.         राई जातिको साकेला 

५.         पञ्चे बाजा म्याग्दी समाज बाल्टिमोर

६.         मगर जातिको कौडा

७.         लिम्बु जातिको च्याब्रुंग

८.         मधेसबाट घाघरा र धोती

९.          भजन मण्डली रिजवुड नेपाली समाजबाट

१०.        नेपाली कला र संगीतको समिश्रणको प्रस्तुति (कलाकार संघबाट)

मेनह्याटन ब्रोडवेको २९ स्ट्रिटमा प्रमुख अतिथिबाट कार्यक्रम उद्घाटन गरी नेपाली तथा अमेरिकी राष्ट्रिय गीत बजाएर परेडको प्रारम्भ गरिने भएको छ । त्यस्तै र्यालीमा तीनवटा परेड फ्लोट प्रयोग गरिने र जसमा नेपाली गौरव झल्किने बुद्धको शालिक, बौद्ध स्तुपा, पशुपतिनाथको मन्दिर, जानकी मन्दिर र विश्वको उच्च शिखर सगरमाथाको तथा खप्तड क्षेत्रको आकृति रहनेछ आयोजकले जानकारी गराएका छन् ।

‘नेपाल र नेपालीका लागि एक दिन’ भन्ने अभियान चलाएर देश गौरव र उस्थिति देखाउने यो महान कार्यमा लाग्न सम्पूर्ण अमेरिकावासी नेपाली एवं नेपाली भाषी दाजुभाई तथा दिदी बहिनीहरुलाई परेडमा उपस्थित हुन आव्हान गरेका छन् ।

कार्यक्रका लागि २५ हजार अमेरिकी डलर खर्च हुने आयोजकको अनुमान रहेको छ । त्यसका लागि हालसम्म १८ हजार डलर संकलन भएको र बाँकी रकम उठाउने कार्य जारी रहेको आयोजकले जनाएका छन् ।

नेपाल डे परेडका आयोजक संस्थाहरुः

1. Federation of Indigenous Peoples of Nepal in America

2. Nepali Public Relations Committee, America

3. Overseas Nepali Forum, America

4. Association of Nepali Teraian in America

5. Ridgewood Nepalese Society

6. Nepalese American Artists Association, North America

7. Federal Socialist Society, America

8. Gurung (Tamu) Society, USA

9. Ghyalsumdo Sewa Sanstha, USA

10. Hyolmo Society of America

11. Kirat Rai Society of America

12. Magar Association, USA

13. Manang Samaj, USA

14. Mustang Kyidug, USA

15. New York Newah Guthi

16. Newah Nakha, New York

17. Sunuwar Society of America

18. Tamang Society of America

19. United Kirat Rai Organization of America

20. Walung Community of North America

21. Blood Donor Association, New Jersey Chapter

22. Nepalese Society of America, Branford Connecticut

23. Long Island Nepalese Society

24. US-Nepal Chambers Association

25. New Jersey Nepali Samaj

26. International Nepalese Literary Society, New York

27. United Nepalese Immigrant Society, USA

28. Baltimore Association of Nepalese in America

29. Nepali Youth Relation Committee, America

30. Association of Nepali Physicians in America

31. Lions Club of Queens Nepalese

32. Lions Club of Queens Buddha

33. Nepalese American Society for Oppressed Community

34. NRNA NCC USA

35. NRNA NY Chapter

36. NRNA NJ Chapter

37. Office of Consulate General of Nepal, New York (Supporter)

 

STEERING COMMITTEE

a) Mr. Luisang Waiba, Convenor of the Nepal Day Parade, representing the Federation of Indigenous Peoples of Nepal in America (FIPNA).

b) Mr. Anand Bist, Co-Convener of the steering committee, representing Nepali Public Relation Committee, America (NPRCA).

c) Mr. Sanjay Thapa, Co-Convener of the steering committee, representing Overseas Nepali Forum, America (ONFA).

d) Mr. Satendra Sah, Co-Convener of the steering committee, representing Association of Nepali Terrain in America (ANTA).

e) Mr. Mangal D. Shrestha, member of the steering committee as one of the key initiators.

f) Mr. Suvas Lama, member of the steering committee as one of the key initiators.

g) Mr. Rabi Kiran Koirala, member of the steering committee, representing Ridgewood Nepali Society (RNS).

h) Ms. Manu Lohorung Rai, member of the steering committee representing women in the Nepalese diaspora.

i) Mr. Temba Sherpa, member of the steering committee representing Non-Resident Nepalese Association, USA (NRNA-USA).

j). Mr. Rabin Bajracharya, Representing NRN ICC

COMMITTEES FOR NEPAL DAY PARADE

Financial Committee – Coordinator, Mangal D. Shrestha (Members-Sanjeev Shrestha/Satendra Shah)

Publicity Committee – Coordinator, Pawan Yonjan (Member-Pradeep Pariyar Thapa)

Volunteer Committee – Coordinator, Durgesh Karki

Organizations Relation Committee – Coordinator, Keshab Ram Rai

Guest Welcome Committee: Co-ordinator, Manu Lohorung Rai

Tourism Promotion Committee – Coordinator, Rabin Bajracharya (Member-Pradip Shrestha)

Jhanki Demonstration Committee – Coordinator, Suvash Lama

Rally Management Committee – Coordinator, Man Rana Magar

 

लुईसाङ वाईवा तामाङ

संयोजक, नेपाल डे परेड

नेपाल डे परेडको अर्थ के हो ?

दशकौ देखि नेपालीहरु अमेरिकामा बसोबास गरिरहेका छौ । तर हाम्रो आफ्नै खालको कुनै पहिचान यो प्रवासमा देखिन्न । प्रवासमा हामी दशकौदेखि आफै भित्र सिमित रहेर रमाईरहेको र हराइरहेका छौ । त्यसैले नेपालीहरुको पहिचानलाई अमेरिकी मुलधारमा अब स्थापित गर्न सामुदायिक रुपमै पहल हुनुपर्छ भन्ने उद्धेश्यले नेपाल डे परेड यो वर्षदेखि नेपाली अमेरिकी समुदायको तर्फबाट शुरुवात भएकोछ । नेपाली अमेरिकी पुस्तालाई यहाँको मुलधारमा स्थापित गर्ने उदेश्य सहितको यो परेडले नेपालको संस्कृतिक विविधताको महत्वलाई विश्वको राजधानी ठानिने शहरमा अनुमोदन गराउनेछ साथै नेपालको पर्यटन व्यापारलाई प्रबर्द्दन समेत गर्नेछ भन्ने हाम्रो विश्वास रहेकोछ ।       

तयारी कहाँ पु¥याउनु भएको छ ?

लगभग हाम्रो तयारी पूरा भइसकेकोछ । अब एउटा पत्रकार सम्मेलन मार्फत तयारीको सम्पूर्ण जानकारी सार्वजनिक गर्नेछौ ।

नेपाल डे परेको मूल नेतृत्व गरेको आदिवासी जनजाति महासंघले अन्य संघसंस्थालाई समन्वय  गरेर अघि बढ्न सकेन भन्ने आरोप छ नि ?

हेर्नुस् लगभग ३० भन्दा बढी संघ-संगठनहरु नेपाल डे परेडको आयोजक छन् । के हामीले समन्वय नगरेर नै आयोजक संघ–संगठनको संख्या ३० भन्दा माथि पुगे होलान त ? यदि कोही छुट्नु भएको छ भने कृपया हातेमालो गर्न आउनुस् । हामी स्वागत गर्न तयार छौ ।

कतिपय संस्थाले त्यसमा पनि तपाईले नेतृत्व गरेको महासंघमै आवद्ध भएको सस्थाले कार्यक्रम बहिष्कारको घोषणा गर्नुको अर्थ के हो ?

हामीलाई लाग्दैन कि कुनै संस्थाले नेपाल डे परेड बहिस्कार नै गरेका छन् भनेर । हो, साना तिना असन्तुस्टीहरु केहि नगन्य संस्थाहरुबाट बजारमा हल्ला भएका छन् । ती असन्तुष्टी राख्नेहरुलाई  समेत परेडमा सहभागी गराउन हाम्रो प्रयास जारीछ । हामीलाई विश्वास नै छैन कि कुनै नेपालीले नेपाल डे परेड बहिस्कार गर्लान भनेर । नेपाली भएर नेपाल डे परेड बहिस्कार गर्ने कस्तो खालको नेपाली होलान् ? 

के के हुँदैछ, नेपाल डे परेडमा ?

न्युयोर्क शहरमा एउटा अर्को नेपाल हामीले देख्ने छौ र अरुलाई पनि देखाउने छौ यो परेड मार्फत । अर्थात् नेपाली सांस्कृतिक विविधता हेर्न चाहनेहरुले नेपाल नै नपुगी न्युयोर्क शहरमा देख्न सकिनेछ । १५ भन्दा बढी सांस्कृतिक झाँकीहरु, नेपालीहरुको मौलिक भेषभुषा सहितको प्रदर्शन, नेपाल र नेपाली हुनुको गौरवसहितको सांगीतिक प्रस्तुति नेपाल डे परेडको विशेषता हुन् । कम्तिमा ३००० नेपालीहरु परेडमा सहभागी हुदैछन् ।

नेपाल डे परेडका लागि आर्थिक श्रोत के हो ?

नेपाल र नेपालीलाई माया गर्ने व्यवसायी र व्यक्तिहरु नै हाम्रो आर्थिक श्रोत हुन् ।

नेपाल डे परेडका नाममा नेपालबाट विभिन्न व्यक्तिहरु आउन थालेका छन् भन्ने हल्ला कति  सत्य हो ?

हामीले पहिलो पत्रकार सम्मेलनमा पनि भनिसकेका छौ कि यो परेडको लागि नेपालबाट आयोजकको तर्फबाट कसैलाई बोलाइएको छैन । यसको जानकारी हामीले काठमाडौँ स्थित अमेरिकी राजदुतवासलाई समेत लिखित जानकारी गराएका छौ । 

नेपाल डे परेडका नाममा विभाजित भएको यो रोगले दीर्घकालिन रुपमा असर ग¥यो भने त्यसको जिम्मेवारी कसले लिने ?

इतिहासले भोलिको दिनमा मूल्यांकन गर्नेछ रोग र रोगीहरु ।  

कार्यक्रममा कतिको संख्यामा उपस्थिति हुने अपेक्षा गर्नुभएको छ ?

२५०० देखि ३००० नेपालीहरु यो परेडमा सहभागी हुने जानकारी हामीले पाएका छौ ।

ठोस रुपमा कार्यक्रममा के के हुनेछ, अनि को कसको सहभागित रहने छ ?

अगाडि पनि भनिसकेको छु कि न्युयोर्क शहरमा एउटा अर्को नेपाल हामीले देख्ने छौं र अरुलाई पनि देखाउने छौं यो परेडमार्फत । अर्थात् नेपाली सांस्कृतिक विविधता हेर्न चाहनेहरुले नेपाल नै नपुगी न्युयोर्क शहरमा देख्न सकिनेछ । १५ भन्दा बढी सांस्कृतिक झाँकीहरु, नेपालीहरुको मौलिक भेषभुषासहितको प्रदर्शन, नेपाल र नेपाली हुनुको गौरवसहितको सांगीतिक प्रस्तुति नेपाल डे परेडको विशेषता हुन् । नेपाल सरकारका प्रतिनिधिहरु, न्युयोर्क शहरका निर्वाचित प्रतिनिधिहरु अनि सिङ्गो नेपाली डायस्पोराको सहभागिता रहनेछ ।   

तपाईले आम नेपाली तथा नेपाली भाषी समुदायलाई के आव्हान गर्न चाहनुहुन्छ ?

इतिहास मै पहिलो पटक यति महत्वपूर्ण प्रदर्शन न्युयोर्क शहरमा हुँदैछ यो हामी सबै नेपालीहरुको लागि गौरवको विषय हो । नेपाली अमेरिकी डायस्पोराको लागि यो आफैमा ऐतिहासिक अवसर र चुनौती पनि हो । हामी सबै मिलेर यो अवसरलाई ग्रहण गरौं र चुनौतीलाई सँगै मिलेर सम्बोधन गरौं । नेपाली हुनुमा मुखले मात्र होइन कर्म गरेर गौरव गरौं । हाम्रा साना तिना असन्तुष्टीहरु भोलिको लागि थाँती राख्दै नेपाल र नेपालीको गौरवमय इतिहास निर्माणमा हामी सबै सहभागी हौं । हाम्रो तर्फबाट यही अनुरोध छ । कोही नछुटौं, कसैलाई नछुटाऊ ।