समाचार

बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम

काठमाडौं । आज बुद्ध जयन्ति । बुद्ध जयन्तीका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । २५६०औँ बुद्ध जयन्तीका अवसरमा  बुद्धको जन्मस्थल लुम्विनीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । लुम्विनी क्षेत्र दुलही झैं सिंगारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न २८ देशका बुद्ध विद्धान्,भिक्षुहरुको सहभागिता रहने छ ।

नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा  दरबार त्यागी ज्ञानको खोजीमा निस्किएका थिए ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेका थिए ।

हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछन् । यसै कारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलस्थित चारुमति विहारलगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी लगायतका क्षेत्रमा आजका दिन विशेष कार्यक्रम गरिन्छ ।