समाचार

  • ड्राइभरलाई गोली हानेर ब्यापारीको अपहरण

    बारा । बाराको गढिमाई मन्दिर नजिकरहेको पसाहा पुलबाट व्यापारी सुरेश केडिया अपहरणमा परेका छन् । उनी अपहरणमा परेको प्रहरी निरीक्षक शशिकुमार ठाकुरले जानकारी दिएका हुन् । केडियाका चालक उमेश प्रसाद साहलाई अपहरणकारीले गोली हानेर केडीयालाई लिएर फरार भएका हुन् । गोली लागेर उनका चालक गम्भीर घाइते भएका छन् । साहको कन्चनमा गोली लागेको छ। उनको अवस्था चिन्ताजनक छ । नारायणी उपक्षेत्रिय अस्पतालमा उनको उपचार भइरहेको छ ।

    Read More

  • मनिषाको रहस्यमय मृत्यु, शव परीक्षणका लागि काठमाडौंमा

    मनिषाको रहस्यमय मृत्यु, शव परीक्षणका लागि काठमाडौंमा काठमाडौं । फुटवलर विमल घर्ती मगरकी १७ वर्षीया बहिनी मनिषा घर्ती मगरको मृत्यु रहस्यमय भएको भन्दै शव परीक्षणका लागि काठमाडौं ल्याइएको छ । आज बिहान बर्दघाट–८ स्थित घरभित्र मृत भेटिएकी मनिषाको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी लगिए पनि प्रहरीले शव परीक्षणका लागि काठमाडौं ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले भने– ‘शव परीक्षणका लागि काठमाडौँ पठाएका छौँ, यसले अनुसन्धानलाई सहयोग पु¥याउँछ ।’

    Read More

  • चक्काजामको नाममा गाडी रोक्ने दर्जनौं पक्राउ

    चक्काजामको नाममा गाडी रोक्ने दर्जनौं पक्राउ काठमाडौं । यातायात व्यवसायी र मजदुरहरुले चक्काजामलाई सफल पार्न विभिन्न ठाउँमा सार्वजनिक सवारी साधन रोकिरहेको अवस्थामा प्रहरीले ३७ जनालाई नियन्त्रणमा लिएको छ । वौद्धबाट १५, गौशाला २१, बालाजु १ जना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विक्रम सिंह थापाले जानकारी दिए । यातायात व्यवसायीले विहीबार विहानै देखि गरेको चक्का जामका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ । सडकमा सवारी साधन नचलेपछि आवत जावतमा समस्या परेको हो ।

    Read More

  • चक्काजामको औचित्य सार्थक कि व्यर्थ ?

    चक्काजामको औचित्य सार्थक कि व्यर्थ ? काठमाडौं । ट्राफिक जरिवाना रकम बढाएको विरोधमा यातायात व्यवसायीले आज सार्वजनिक गाडी बन्द गरेका छन् । विहानैबाट सवारी साधान नचलेपछि यात्रुले सास्ती खेप्नु परेको छ । विपरित गाडी चलाउनेलाई जेठ १ गतेदेखि कम्तिमा पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना लिन सकिने नियम लागु भएसँगै यातायात व्यवसायी विरोधमा उत्रिएका छन् । विहीबार गरिएको विहान ५ बजेदेखि शुरु भएको चक्काजाम बेलुकी ५ बजेसम्म रहेनेछ ।

    Read More

  • ‘गृहको चेतावनीले चक्काजाम रोकिन्न’

    ‘गृहको चेतावनीले चक्काजाम रोकिन्न’ काठमाडौं । यातायात मजदुर व्यवसायीले विहीबार चक्काजाम गर्ने भएका छन् । आफूहरुको मागलाई सरकारले व्यवास्ता गरेको भन्दै उनीहरुले आन्दोलनको कार्यक्रम नरोक्ने जनाएका हुन् । गृहले मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालेको भए पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न याताव्यवसायी संघ र मजदुर संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै चक्काजाम जारी नै रहने जानकारी दिएका छन् ।

    Read More

  • ‘म मधेस र पहाडको पुल हुँ’

    ‘म मधेस र पहाडको पुल हुँ’ महोत्तरी । पूर्वराष्ट्रपति रामवरण यादवले सात वर्षसम्म राष्ट्रप्रमुखका रुपमा आफूले खेलेको भूमिकाको समिक्षा गर्दै आफू मधेस र पहाडको पूल भएको बताएका छन् । पूर्वराष्ट्रपति यादवले आफ्नो कार्यकालमा मूलुकप्रति निभाएको भूमिकाको विषयमा इतिहासले एक दिन अवष्य मूल्यांकन गर्ने दाबी गरेका छन् । महोत्तरीको बर्दिबासमा बुधबार भएको एक कार्यक्रममा यादवले पदमा रहँदा आफूले मुलुक र जनतालाई सर्वोपरी हितमा

    Read More

  • आमाले गरिन् दुई नाबालक छोरीको हत्या

    आमाले गरिन् दुई नाबालक छोरीको हत्या बारा । बाराको कलैयामा एक महिलाले आफ्ने दुई सन्ताको हत्या गरेकी छन् । घरायाशी विवादका कारण घर छोडेर माइती पुगेकी बारा कलैयाकी २२ वर्षकी सबिता देवीले दुई नाबालक छोरीको हत्या गरेकी हुन् । श्रीमान् तथा सासु ससुराले मानसिक यातना खप्न नसरको केहि दिन अघि उनले घर छाडेर हिँडेकी थिइन् । घरको झगडाका कारण मानसिक विचलन भई छोरीहरु चार वर्षकी काजल र साढे दुई वर्षकी अनिताको पोखरीमा डुवाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

    Read More

  • १५ वर्ष जेल जीवन विताए पनि फेरि उस्तै धन्दा

    १५ वर्ष जेल जीवन विताए पनि फेरि उस्तै धन्दा काठमाडौं । लागुऔषध कारोवारमा पक्राउ परेर १५ वर्ष जेल जीवन विताएर छुटेका एक भारतीय नागरिक फेरि उस्तै धन्दामा लागेपछि पुनः पक्राउ परेका छन् । भारत बिहारका वैद्यनाथ गुप्ता २०५२ सालमा जेल परेका थिए । १५ वर्ष जेल सजाय भुक्तान गरेर गुप्ता ६७ सालमा मुक्त भएका थिए । तर अहिले गुप्ता भारतीय नक्कली नोटको कारोवारीमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । वैद्यनाथसँगै अन्य सात जना पनि पक्राउ परेका छन् । १५ वर्षे जेल सजायबाट मुक्त हुनु केही महिना

    Read More

  • 'पपुलिष्ट होईन, पपुलर बजेट ल्याउँछौ'

    'पपुलिष्ट होईन, पपुलर बजेट ल्याउँछौ' काठमाडौं । अर्थमन्त्रालयका सल्लाहकार प्राडा. गोविन्द नेपालले सरकारले पपुलिष्ट नभई पपुलर हुने बजेट ल्याउने तयारी गरिरहेको बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा उनले मुलुक र जनताको आवश्यकता र चाहना बढेकोले नेकपा एमालेले नौ महिने शासनकालमा ल्याएको जस्तो बजेटले मात्रै अहिले नपुग्ने प्रष्ट पारे । त्यसैले बजेटको आकार ठूलो हुने उनको भनाइ थियो । बजेट चुनावमुखी नहुने स्पष्ट पार्दै उनले दलहरुले बजेटले भन्दा पनि जनताको पक्षमा काम

    Read More

  • सगरमाथा आरोहणका क्रममा एक पर्यटकको मृत्यु

    सगरमाथा आरोहणका क्रममा एक पर्यटकको मृत्यु काठमाडौं । सगरमाथा आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । सगरमाथाको आरोणमा गएका टोलीमध्ये केही सम्पर्कविहीन भएको जनाइएको छ । भारतीय नागरिक सुवास पलको आइतबार राति मृत्यु भएको पर्यटन विभागले जानकारी दिएको हो । सगरमाथाको अन्तिम बिन्दुनजिक तीन नेपाली र तीन भारतीय गरी छजना आरोही सम्पर्कविहीन भएका थिए । तीमध्ये भारतीय महिला सुनिता

    Read More