समाचार

  • संगीतकार गुरुङको आजै अन्त्येष्टि गरिने

    संगीतकार गुरुङको आजै अन्त्येष्टि गरिने काठमाडौँ । आज विहान निधन भएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको हिन्दू र बौद्ध दुवै विधिद्वारा अन्तिम संस्कार गरिने भएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि स्वर्गीय गुरुङको पार्थिव शरीर दिनभर प्रज्ञा प्रतिष्ठानमा राखिनेछ । अपराह्न ३ बजेपछि उनको पशुपति आर्याघाटमा पु¥याएर अन्तिम संस्कार गरिने उनका माहिला छोरा राजुले जानकारी दिए । अहिले ग्रान्डी अस्पतालमा सङ्गीतज्ञ गुरुङलाई अन्तिम श्रद्धाञ्जलि दिन विभिन्न क्षेत्रका व्यक्ति पुगेका थिए ।

    Read More

  • ट्रिपर दुर्घटनामा तीन जनाको मृत्यु

    ट्रिपर दुर्घटनामा तीन जनाको मृत्यु दाङ । दाङमा सोमबार राति ट्रिपर हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् । जिल्लाको सैघा गाविसको पेदामा कच्चा पदार्थ बोकेको ट्रिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यू भएको हो । रा १ ख ९२७ नम्वरको ट्रिप्पर दुर्घटनामा परी मृत्यू हुनेमा ट्रिप्परका चालक सल्यान माल्टा ९ का २७ वर्षीय तिलकबहादुर घर्ती , पहिचान हुन नसकेका सहचालक र दाङको सैघा २ निवासी १८ वर्षीय अजय नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

    Read More

  • नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध चितवन । चितवनको नारायणगढ– मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । गएराति परेको पानीसँगै पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको हो । उक्त खण्डअन्तर्गत चण्डिभन्ज्याङ–५ स्थित पाँच किलोमा पहिरो खसेर सडक बन्द भएको प्रहरीले जनाएको छ । गए राति २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक ४ः३० बजे खुलाइएकामा बिहान ६ः४० मिनेटमा पुनः पहिरो खसेर बन्द हुन पुगेको बताइएको छ ।

    Read More

  • शक्तिशाली महिलाको सूचीमा राष्ट्रपति भण्डारी

    शक्तिशाली महिलाको सूचीमा राष्ट्रपति भण्डारी काठमाडौं । विश्वका एक सय शक्तिशाली महिलाको सूचीमा नेपालले पनि ठाउँ पाएको छ । हालै अमेरिकी समाचार संस्था फोब्र्सले जारी गरेको सन् २०१६ को सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औं नम्बरमा परेकी छन् । नेपालले ठाउँ पाएको यो पहिलो घटना पनि हो । फोब्र्सले हरेक वर्ष विश्वका १ सय शक्तिशाली महिलाको सूची प्रकाशित गर्दै आएको छ । यस सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल परेकी छिन् ।

    Read More

  • रहेनन् वरिष्ठ संगीतकार गुरुङ

    रहेनन् वरिष्ठ संगीतकार गुरुङ काठमाडौं । वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा ग्रान्डी अस्पतालमा निधन भएको हो । ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

    Read More

  • संगीतकार गुरुङको निधन निराधार

    संगीतकार गुरुङको निधन निराधार काठमाडौं । मृत्युसँग जुधिरहेका वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था स्थिर रहेको ग्राण्डी अस्पतालले जनाएको छ । उपचाररत गुरुङको निधन भएको खबर सामाजिक सञ्जालमा फैलिएपछि उनको निधन नभएको भन्दै यस्ता निराधार तथा अफवाह नफैलाउन अस्पताल र परिवारसका सदस्यहरुले सञ्चारमाध्यमलाई आग्रह समेत गरेका छन् । संगीतकार गुरुङको अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

    Read More

  • ४ हजार बढी सवारी चालकलाई कारबाही

    ४ हजार बढी सवारी चालकलाई कारबाही रसुवा । रसुवामा ट्राफिक नियम उलङ्घन गरी सवारी साधन चलाउने ४ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् । पासाङल्हामु मार्गमा चल्ने सवारी साधनबाट चालु आवको साउनदेखि हालसम्म ट्राफिक नियम उलङ्घन गर्ने चार हजार १०० सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी रसुवाले जनाएको छ । नियम मिच्ने सवारी चालकबाट जरिवानाबापत अशुल भएको रु १८ लाख २१ हजार ५०० रुपैयाँ राज्यकोषमा दाखिला भइसकेको ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

    Read More

  • विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाइँदै

    विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाइँदै काठमाडौं,। ‘संसारलाई राम्रो बनाउने अभियानमा सहभागी बनौं’ भन्ने नाराका साथ यसपटक विश्व वातावरण दिवस मनाइँदैछ । नेपालमा पनि वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले जनचेतनामूलक कार्यहरु गरेर वातावरण दिवस मनाउँदैछन् । सन् २९७३ देखि हरेक जुन ५ मा संयुक्त राष्ट्र संघको आह्वानमा वातावरण दिवस मनाउन थालिएको हो ।

    Read More

  • ११ वर्ष वित्यो, न्यायका लागि लड्दैछन् पीडित

    ११ वर्ष वित्यो, न्यायका लागि लड्दैछन् पीडित चितवन, जेठ–२३ । चितवनको दक्षिण माडीमा भएको बाँदरमुढे घटनाको आइतबार ११ वर्ष पुग्यो । घटना भएको ११ वर्ष पुग्दा पनि पीडितले अझै न्याय पाएका छैनन् । तत्कालीन नेकपा माओवादीले यात्रुबाहक बसमा गरेको बम विस्फोटमा परी घाइते भएकाहरुले न्याय दिन माग गर्दै आएका छन् । बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले न्याय नपाउने आशङ्का बढिरहेको भन्दै पीडितलाई थप पीडा नदिन आग्रह गरे ।

    Read More

  • अस्थायी शिक्षकलाई ‘गोल्डने हेन्डसेक’

    अस्थायी शिक्षकलाई ‘गोल्डने हेन्डसेक’ काठमाडौं । व्यवस्थापिका संसदले शिक्षा ऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पारित गरेको छ । संसदले शिक्ष ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । विधेयक पारति भएसँगै अब एसएलसी परीक्षा हटेको छ भने बाल कक्षादेखि ८ कक्षासम्मलाई आधारभूत शिक्षा र ९ देखि १२ कक्षालाई माध्यामिक शिक्षा मानिएको छ । लामो समय अस्थायी काम गरेका शिक्षकले पनि आकर्षक सुविधासहितको बिदाइ वा प्रतिस्पर्धा रोज्न पाउने छन् ।

    Read More