समाचार

४ हजार बढी सवारी चालकलाई कारबाही

रसुवा । रसुवामा ट्राफिक नियम उलङ्घन गरी सवारी साधन चलाउने ४ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् ।
पासाङल्हामु मार्गमा चल्ने सवारी साधनबाट चालु आवको साउनदेखि हालसम्म  ट्राफिक नियम उलङ्घन गर्ने चार हजार १०० सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी रसुवाले जनाएको छ ।
नियम मिच्ने सवारी चालकबाट जरिवानाबापत अशुल भएको रु १८ लाख २१ हजार ५०० रुपैयाँ  राज्यकोषमा दाखिला भइसकेको ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

कारबाही पर्नेमा ट्रक, बस, जिप, कार, मोटरसाइकल, कन्टे«नरलगायत रहेका र उनीहरुलाई ट्राफिक नियमको चेतना अभिवृद्धि गराउने कार्यलाई पनि अगाडि बढाइएको ट्राफिक प्रहरीले बताएको छ ।