समाचार

ट्रिपर दुर्घटनामा तीन जनाको मृत्यु

दाङ । दाङमा सोमबार राति ट्रिपर हुँदा तीन जनाको मृत्यु भएको छ ।  दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् ।

जिल्लाको सैघा गाविसको पेदामा कच्चा पदार्थ बोकेको ट्रिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यू भएको हो । रा १ ख ९२७ नम्वरको ट्रिप्पर दुर्घटनामा परी मृत्यू हुनेमा ट्रिप्परका चालक सल्यान माल्टा ९ का २७ वर्षीय तिलकबहादुर घर्ती , पहिचान हुन नसकेका सहचालक र दाङको सैघा २ निवासी १८ वर्षीय अजय नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

दुर्घटनामा परि सैघा २ निवासी अन्दाजी १९ वर्षीय खिमवहादुर सार्की गंभिर घाईते भएका छन् । उनको राप्ती उपक्षेत्रीय सस्पतालमा उपचारपछि थप उपचारका लागी नेपालगंज रिेफर गरिएको छ ।

सोनापुर सिमेन्टको लागि कच्चा पदार्थ लोड ट्रिप्पर दाङ तर्फ आउँदै गर्दा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।