समाचार

विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं,।  ‘संसारलाई राम्रो बनाउने अभियानमा सहभागी बनौं’ भन्ने नाराका साथ यसपटक विश्व वातावरण दिवस मनाइँदैछ ।

नेपालमा पनि वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले जनचेतनामूलक कार्यहरु गरेर वातावरण दिवस मनाउँदैछन् । सन् २९७३ देखि हरेक जुन ५ मा संयुक्त राष्ट्र संघको आह्वानमा वातावरण दिवस मनाउन थालिएको हो ।
बन विनास रोक्ने, धुवा उत्पन्न हुने यन्त्रको प्रयोग कम गर्ने, कार्बन उत्र्सर्जन गर्ने यन्त्रको प्रयोगमा कमी गर्ने जस्ता कार्यहरुले वातावरण संरक्षण हुन्छ । यसका लागि सौर्य उर्जा प्रयोग गर्ने, जनसंख्या नियन्त्रण, वन संरक्षण जस्ता अभियान सञ्चालन गर्नुपर्ने विज्ञहरुको मत छ । पृथ्वीको तापक्रम बढ्दै जाँदा उत्तरी ध्रुवको वरफ पग्लेर समुद्रको सतह क्रमशः बढीरहेको छ । यसले धेरैवलटा टापुहरु संकटमा परेका छन् ।